दर्शकले रुचाउँदै रेनीको मलाई नाई नाई…


व्युटी न्युज नेपाल
काठमाडौैं २६ साउन

त्रिकोणात्मक प्रेमकथानक चलचित्र ‘रेनी’ को मलाई नाइँ नाइँ…गीतको भिडियो युट्युव मार्फत दर्शक माझ आएको छ । यो गीतको भिडियोलाई राजधानीमा एक समारोहबीच रिलिज गरिएको हो ।

पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी मदन खड्काले गरेका हुन् । भिडियोमा सनम मल्ल, दीपक ढकालले अभिनय गरेका छन् । उनीहरुको रोमान्स यो भिडियोमा देख्न पाईन्छ ।
८ भदौमा रिलिज हुने यो फिल्मम बिमला मल्ल र संजीव मल्लले निर्माण गरेका हुन् । गिरिश रिजालको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल,सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल,टंक डुम्रे,गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मकी स्क्रिप्ट राईटर र गीतकार समेत रहेकी नवअभिनेत्री सनमले ‘रेनी’ मा मायाप्रेम, हासो, रोदन, द्धन्द्धका साथमा सामाजीक बिषयलाई प्रस्तुत गरिएको बताएकी छिन् । अभिनेता दीपकले रेनीको स्क्रिप्ट निकै मन परेको बताएका छन् ।

आमदर्शकले फिल्म सफल गराइदिने बिश्वास उनको छ । जयराम रिजालले खिचेको फिल्मका गीतमा बिनोद खुम्बुको पनि संगीत छ । फिल्मको द्धन्द्ध निर्देशन राजु किराँतीले गरेका हुन् । शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।