मोहन राइले ल्याए भिडियोमा मायाको खेल…


व्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

युवा गायक मोहन राईले आफ्नो आधुनिक गीति सम्झनाको ‘मायाको खेल’मा सँग्रहित गीत सम्झनाको शीत…को भिडियो सार्वजनिक गरेका छन् । मनु लोहोरुङ राईको शब्द र शिखर सन्तोषको संगीत रहेको यो गीतको भिडियो नेपाल म्युजिक क्रिएसनले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

‘मायाको खेल’मा संग्रहित गीतमध्ये पहिलो भिडियो तयार पारिएको गायक राईले बताए । वीरेन्द्र भाटद्वारा निर्देशित भिडियोमा अभिनेत्री झरना थापा र मोडल शशी शर्मा मजगैयाँले अभिनय गरेका छन् ।

उनका अनुसार यो गीतिसँग्रहमा ८ ओटा ओटा गीत सँग्रहित छन् । त्यस्तै, व्याकुल माइला, प्रदीप ज्ञवाली, दीपेन्द्रनाथ शर्मा, दिनेश थपलिया, राजा घले र मुकेश राईले लेखेका गीतमा कन्काइस्ट राई, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले संगीत दिएका छन । गायिका अञ्जु पन्तले एउटा गीतमा साथ दिएको उनले जानकारी गराए ।