बाल गायक हिमेशले ल्याए रुवाउने गीत (भिडियो)


व्युटी न्युजे नेपाल
काठमाडौ, २६ साउन

केही समयबाट बाल गायक गायिकाको प्रभाव बढेको छ । यसै क्रममा बाल गायक हिमेश तामाङ्गले टुहुरोको पीडा युक्त गीत ल्याएका छन् । हिमेश आँफैले गाएको गीत ‘टुहुरो २’को भिडियोमा टुहुरो आफु बनेर प्रस्तुत भएका छन् । यो म्यूजिक भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ ।

प्रशान्त पौडेलको शब्द संगीतमा रहेको गीतको भिडियोमा हिमेशले मर्मस्पर्शी अभिनय गरेका छन् । भिडियोलाई प्रशान्त आँफैले निर्देशन गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । छायांकन बासु बरालको छ ।

music vedio

यसअघि प्रशान्त लेखन, संगीत र निर्देशनमा टुहुरो… गीतसँगै भिडियो हिट भएको थियो । पहिलो भागको सफलतापछि आफुले अझै मेहनत गरेर यो गीतको शब्द संगीत र भिडियो तयार पारेको पौडेलले बताए । भिडियोमा पौडेलले आफुले पनि अभिनय गरेका छन् ।