भिडियोमा आयो कथा काठमाडौंको जुन अनि तारा


व्युटी न्युज नेपाल
काठमाडौं, २५ साउन

आगामी १२ असोजमा  रिलिज हुने चलचित्र ‘कथा काठमाडौं’ मा समावेश दोस्रो गीत जुन अनि तारा…को भिडियो रिलिज भएको छ । यसफिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।

गीतमा यी सबै कलाकारलाई जोडीको रुपमा देखाइएको छ । यो गीत सुगम पोखरेलले गाएका छन् । गीतमा शब्द ईशा सुब्बाको रहेको छ । संगीत दिपेश सुब्बाले दिएका छन् । गीतको कोरियोग्राफी पनि फिल्मकै निर्देशक संगीता श्रेष्ठले गरेकी छिन ।

कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै्छिन । काठमाडौंलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको छ ।

आहाना फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।