४६ औं अन्तराष्ट्रिय सांस्कृतिक मेलामा नेपाली लोक नृत्य प्रस्तुत गर्दै २० कलाकार


व्युटी न्युज नेपाल
काठमाडौं, २५ साउन

नेपाली कालकारहरुले फ्रान्समा विभिन्न नेपाली लोकनृत्य प्रस्तुत गरेका छन् । फ्रान्स सहित युरोपको बिभिन्न देश तथा शहरमा ‘४६ औं अन्तराष्ट्रिय सांस्कृतिक मेला २०१८’ आयोजना भईरहेको छ ।

बिश्वका २२ देशका कलाकार सहभागी यो फेष्टिभल फ्रान्स, बेल्जियम, टर्किका बिभिन्न शहरमा आयोजना हुनेछ । जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना कलाकारहरुको एक जम्बो टोली अहिले फ्रान्समा छन् ।

‘नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठानको’ नेतृत्वमा कलाकार टोली फ्रान्स पुगेको हो । नेपालबाट सहभागी कलाकार टोलीका संयोजक जोगेन्द्र केसी, कार्यक्रमको सल्हाकार संगीतकार सुरेश अधिकारी, कार्यक्रमका प्रमुख गायक शिवराज पौडेल रहेका छन् ।

अन्य कलाकार नृत्य निर्देशक भूवनदास श्रेष्ठ, निरिपध्वज खत्री, सारदश्वती शर्मा, नृत्य निर्देशक छेडुप लामा, गायक तथा मोडल पिएन सापकोटा, मोडल पुर्णिमा श्रेष्ठ, माधव प्रसाद त्रिपाठी, खिमा काउचा मगर, न्हुछेराजा मुनिकार, दिपक श्रेष्ठ, सृर्जना आले मगर, सुनिता परियार, सन्तोष कुमार कार्की, दावा स्याङ्वो लामा तामाङ, धावा वाङ्देल, शर्मिला तामाङ, गोमा सुवेदी रहेका छन् ।

यो टोलीले फ्रान्सको मोन्तुवा, लुप्युभिले, पेल्तान लगायतका केही स्थानमा नेपाली कलाकारले लोककला प्रस्तुत गरिसकेका छन् । विश्वब्यापी कार्यक्रम अन्तर्गत यूरोप पुगेको यो टोलीले फ्रान्स पछि टर्की, बेल्जियम लगायतका देशको बिभिन्न शहरमा कार्यक्रम गर्नेछ ।

लोप हुन लागेका कला, संस्कृति, भेषभुषा, परम्परा, लोक गीत, लोक बाजा आदिको जगेर्ना गर्ने उदेश्यले कार्यक्रम लिएर कलाकार सहित युरोप पुगेको कार्यक्रम संयोजक तथा नेपाल लोक तथा साँस्कृतिक प्रतिस्ठान’का अध्यक्ष जोगेन्द्र केसीले बताए ।

कार्यक्रममा प्रदेश १ को हापारे, अरुण उपत्यकाको गीत संगीत, प्रदेश ३ को घासे भाका, नेवारी, काठे भाका, प्रदेश ४ र ५ को सालैजो, कौरा, टप्पा, ठाडो भाका, मारुनी, प्रदेश ७ को देउडा, ठाडी भाकाको साथमा थारु, धिमे, लाखे, सेलो, कुमारी, मन्जु श्री, झाँक्रीलगायतका गीत तथा नृत्य प्रस्तुत गरिने कार्यक्रमका संयोजक केसीले जानकारी दिए ।