५० ओटा हलमा चलचित्र टिन एज


फ्राईडे रिलिज

व्युटी न्युज नेपाल
काठमाडौ, २५ साउन

शुक्रबारबाट मुलुकका करिब ५० ओटा सिनेमा हलमा नेपाली चलचित्र ‘टिन एज’ प्रदर्शन भएको छ । यो चलचित्रलाई दिनेश पाख्रिनले निर्देशन गरेका हुन् । चलचित्रको प्रारम्भिक व्यापार राम्रै रहेको निर्देशक पाख्रिनले बताएका छन् ।

यो चलचित्रमा नरेशबीर सिं, प्रतिक्षा खड्का, सरोज शाह , एन्जिला खड्गी, सरिता राजोउपाध्याय, अजय खड्का, माया मगरलगायतका कलाकारको अभिनय रहेको पनि पाख्रिनले जानकारी गराए । यो चलचित्रलाई चलचित्रलाइ बिरु मगर , चिनि माया वाइवा , देबिका खड्का , बुद्धिमान स्याङतान निर्मलले निर्माण गरेका हुन् ।

टिनएजमा बिकाश चौधरीको संगीत छ । फिल्मलाई काठमाडौंमा सरोज शर्माले वितरण गरेका हुन् ।

दुई दशकभन्दा लामो समयदेखि नृत्य निर्देशनमा लागेको दिनेश पाख्रिन यही चलचित्रबाट निर्देशनमा उत्रिएका हुन् । उनले आफ्नै लगानीमा चलचित्र टिनएजको निर्माण पनि गरेका हुन् ।

यस अघिका केही फिल्ममा आफुले निकट भएर काम गर्ने क्रममा चलचित्रको निर्देशनसम्बन्धि ज्ञान लिएको पनि दिनेशले बताए ।

‘टिनएज तन्नेरी पुस्ताको प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रले अहिलेको तन्नेरी पुस्तालाई प्रेमको नाममा बिग्रनबाट कसरी जोगिने भन्ने सन्देश प्रस्तुत गरेको छ ।’ भन्दै टिनएजका हरुलाई संस्कार सिकाउने चलचित्र बनेको निर्देशन पाख्रिनले दाबी गरे ।

निर्देशक पाख्रिनले आफ्नो चलचित्रमा अधिकांश नयाँ कलाकार भएपनि सबै कलाकारले राम्रो काम गरेको बताए । चलचित्र हेरेका दर्शकलाइ टिनएजले भरपुर मनोरन्जन दिएको पनि पाख्रिनले दाबी छ ।