व्युटी न्युज नेपाल
काठमाडौं २४ साउन

नेपाली सौन्दर्य व्यबसाय तथा व्युटी क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । व्युटी न्युज नेपालको प्रस्तुतिमा काठमाडौंमा आयोजना गरिएको ‘ब्राईडल मेकअप कम्पिटिसन तथा सम्मान’ समारोहमा विभिन्न पेशा तथा व्यबसायमा आबद्ध पाँच जना सम्मानित भएका हुन् ।

सौन्दर्य प्रशोधनको बजार विस्तारमा डेढ दशकभन्दा लामो समयदेखि योगदान पुर्याएको भन्दै नेचर इसेन्स, करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेतीलाई विशेष योगदान सम्मानबाट सम्मानित गरियो । यस्तै एक दशकभन्दा लामो समयदेखि कस्मेटिक व्यबसायमा सक्रिय मच्छिन्द्र खकुरेललाई उत्कृष्ट कस्मेटिक व्यवसाय योगदानसम्मानबाट सम्मानित गरियो ।

आस्था बेरी लिमिटेड मुम्बई तथा डेल्टा मार्केटिङका नेपाल प्रबन्धक हेमन्त नेरुलालाई नेपालमा कस्मेटिक सामग्री एक्स्पोर्ट तथा वितरणका लागि कस्मेटिक क्षेत्रमा उल्लेख योगदान सम्मानबाट सम्मानित गरियो ।
व्युटिसियन तर्फ सो कार्यक्रममा दुईजना सम्मानित भए । जस अन्तर्गत ब्युटिसयन क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै अग्रज ब्युटिसियन सफलता थापा ब्युटिसियन योगदान सम्मान प्रदान गरियो । उनी बिगत दुई दशकदेखि यो क्षेत्रमा सक्रिए छिन् ।

यस्तै १५ वर्षदेखि नाइहरुसँगै पौठेजोरी गर्दै पुरुषको कपाल दारी काट्दै आएकी ब्युटिसियन देबीमाया दाहाल (दीपा)लाई ब्युटिसियन फरक योगदान सम्मानबाट सम्मानित गरियो ।

अग्रज व्युटिसियन डा. राजश्री श्रेष्ठ, नेपाल कस्मेटिक व्यबसायिक संघका अध्यक्ष रञ्जित पौडेल, अग्रज व्युटिसियनहरु सोनी कारञ्जित, सुमित्रा रञ्जित, अनिता खड्का, सुलोचना श्रेष्ठ, मेनुका शिबाकोटी, रश्मिला श्रेष्ठ, श्याम बराल,ले सँयुक्त रुपमा यी पाँच व्यक्तिलाई सम्मान गरेका हुन् ।

यस्तै ब्राईडल मेकअप कम्पिटिसनका प्रतिस्पर्धीमध्यबाट दर्शक र आयोजकको च्वाईसको आधारमा प्रतियोगी संगीता थापा मगरलाई ताज सहित ‘पब्लिक च्वाईस ब्राईडल मेकअप अवार्ड–२०१८’ प्रदान गरियो ।

यो प्रतियोगिता ब्युटी सेक्रेट ब्युटी सलुन खिचापोखरी, रोज सिप विकास तामिल केन्द्र रवि भवन, रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सीकोला, कलंकी ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलंकी, ओम शान्ति ब्युटी सलुन सल्लाघारी र विक्षण क्रिएसनले यो प्रतियोगिताको आयोजना गरेको हो ।