कहीँ कतैमा आमा छोरी नै नायिका, २५ साउनबाट देशव्यापी प्रदर्शन


व्युटी न्युज नेपाल
काठमाडौं २४ साउन

एकै फिल्ममा आमा छोरी नै नायिकाको रुपमा प्रस्तुत भएको बिरलै देख्न पाईन्छ । तर नेपाली चलचित्र ‘कहीं कतै’मा आमा छोरीनै नायिकाको रुपमा प्रस्तुत भएका छन् ।

२५ साउनबाट चलचित्र कहीं कतै रिलिज हुँदैछ । यो चलचित्रलाई नायिका उमाबेबी गिरीले निर्माण गरेकी हुन् । फिल्मकी दुई मध्य एक नायिका पनि उनी आफैं हुन् । यही चलचित्रबाट उमाले आफ्नी छोरी शिवानी गिरीलाई नायिकाको रुपमा डेब्यु गराएकी छिन् ।

यो चलचित्रमा अभिनेत्री उमा बेबीले अभिनेता दीलिप रायमाझीको नायिकाको भूमिका निर्वाह गरेकी छिन् ।

यो फिल्ममा अर्का युवा सोनम बरफुङ्गपा पनि नायक छन् । सोनाम र शिवानी यो फिल्मबाट डेब्यु गर्दै छन् । शिवानीको नायकको रुपमा कहीँ कतैमा सोनम छन् ।

यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । सविरले नै आमा छोरी दुबैलाई नायिकाको रुपमा उतारेका हुन् ।