शान्तिप्रिय, सन्तोष र अमृताको नयाँ तिज गीत


व्युटी न्युज नेपाल
काठमाडौं, २४ साउन

यसवर्षको तिजको लागि गायिका अमृता लुङ्गेली मगरले तीजको गीत राम्री हुनी गाजलुले हो… दर्शक स्रोतामाझ ल्याएकी छिन् । तीजका अवसरमा निस्कने गीतमा विकृति बढेको भन्दै आफु भने मौलिक गीत ल्याएको अमृताले बताएकी छिन् ।

रामी हुनी गाजलुले हो…गीतको शब्द बरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रियले लेखेका हुन् । यसमा संगीत तथा लय सन्तोष श्रेष्ठले तयार पारेको छन् । गीतमा एरेञ्ज कृष्ण पुनको छ ।

https://www.youtube.com/watch?v=I9XXh_zmACE

यो गीतको भिडियो पनि तयार पारिएको छ । गीतमा शब्दलाई पछ्याउँदै मौलिक गहना समेत समेट्ने प्रयास गरीएको छ । भिडियोमा साबीत्रा बस्नेत भुजेलले मोडलीङ गरेकी छिन् । भिडियोको छायाँकारमा शुरेश श्रेष्ठ, सम्पादकमा प्रकाश धमला छन् । भिडियोमा निर्देशक स्मृति तिमील्सीनाले गरेकी हुन् ।