व्युटी न्युज नेपाल
काठमाडौं २३ साउन

यस पटकको तिजलाई लक्षित गरेर गायिका प्रमिला पुनले नयाँ तीज गीत ‘यस पालि त नाचिन्छ कम्मर मर्काउदै…’ गीतको भिडियो बजारमा ल्याएकी छिन् ।

यो गीतमा तिजको पहिरन र नृत्यको बारेमा चर्चा गरिएको छ । हालै सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गरिएको यो गीतमा मोडल बिनु खड्काले नृत्य गरेकी छिन् । यो गीतको भिडियो म्युजिक नेपालबाट आएको हो ।

गीतले प्रतिस्पर्धाको बजारमा धेरै दर्शक तथा श्रोताको मन जित्नेमा गायिका पुन ढुक्क छिन् । पुनको यो गीतमा बबुल गिरीको संगीत रहेको छ । गायिका प्रमिला पुनले यसअघि थुप्रै गीतमा स्वर दिईसकेकी छिन् ।