हेटौंडाको ओम्याक्स हल आगलागीप्रति चलचित्र संघद्धारा दुःख व्यक्त


व्युटी न्युज नेपाल
काठमाडौं, २३ साउन

हेटौंडाको ओम्याक्स सिनेमा हलमा आज बिहान भएको आगलागीकोबारेमा हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघले दुःख व्यक्त गरेको छ । बुधबार बिहान बिधुत सर्ट भएर आगलागी भएको ओम्याक्स हलको आगो दिउँसो १ बजे नियन्त्रणमा आएको थियो ।

संघले बुधबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै संघका प्रदर्शक सदस्य एवम् नेपाल चलचित्र संघका तृतीय उपाध्यक्ष नरेन्द्र महर्जनद्धारा सञ्चालित ओम्याक्स चलचित्र मन्दिर प्रा.लि. आगलागीबाट करोडौं क्षती भएको भन्दै सो बारे दुःख व्यक्त गरिएको छ ।

संघका अध्यक्ष प्रदीप कुमार उदयद्धारा जारी प्रेस विज्ञप्तिमा यो दुःखद घडीमा संघ पीडित पक्षप्रति सहानुभूति प्रकट गर्दछ भन्ने उल्लेख गरिएको छ । साथै सो चलचित्र घर पूर्ववतरुपमा सिघ्र सञ्चालनमा आउने आशा एवम् विश्वास पनि सो विज्ञप्ति मार्फत अध्यक्ष उदयले गरेका छन् ।