३६ घन्टामा ५ लाखले हेरे ‘रोजी’को फूल हैन…


व्युटी न्युज नेपाल
काठमाडौं, २३ साउन

प्रेमीबाट हत्या भएकी रोजी महर्जनको परिवारले रोजीको कथा र नाम मिल्यो भनेर निर्माण रोकेको फिल्म हो रोजी । यो फिल्मको छायाँकन सकेर प्रोडक्सनको काम भईरहेको छ ।

यसैबीच चलचित्र रोजीको पहिलो गीत फूल हैन…को भिडियो सोमबार रिलिज गरिएको थियो । भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगरको अभिनय छ । एलिस कार्कीले संगीत गरेको यो गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ । गीत राजेशकुमार श्रेष्ठले लेखेका हुन् ।

हेर्नुस् भिडियाे

रोजीको यो गीतमा अभिनेता प्रदीपसँगै अभिनेत्री मिरुना मगरको रोमान्स लाई दर्शकले मन पराएका छन् । रिलिज भएको ३६ घन्टामा यो गीतको भिडियोलाई ५ लाखभन्दा बढीपटक दर्शकले हेरिसकेका छन् । गीतको छायांकन टर्कीको इस्तानबुलनजिक साल्टलेक र कोनियामा गरिएको हो । यसमा कविराज गहतराजको नृत्य निर्देशन छ । यसरमा प्रदीप र मिरुनाको रोमान्स पनि निकै आकर्षक बनेको छ ।

यो चलचित्रको निर्देशन नीरक पौडेलले गरेका हुन् । पौडेलका अनुसार यसमा प्रदीप, मिरुनासँगै परमिता राणाको मुख्य भूमिका छ । ‘क्राइम थ्रिलर’ र ‘रोमान्टिक जनर’मा रोजी निर्माण गरिएको नीरकले बताएका छन् ।