व्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

नजिकिँदै गरेको तिजलाई लक्षित गरेर गायिका तथा नायिका सारिका घिमिरेले तीज गीत एतै घमाइलो उतै घमाइलो…बजारमा ल्याएकी छिन् । उनले यो गीतको भिडियो पनि युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याएकी छिन् ।

यो गीतलाई पत्रकार गीता अधिकारीले लेखेकी हुन् । यही गीतबाट गीतले पनि गीतलेखनमा हात हालेकी छिन् । यो गीतमा दीपक शर्माको संगीत, सुदीप सागरको संगीत संयोजन छि ।

काठमाडौंको बागबजार स्थित सिटीम्याक्स हलमा एक समारोहबीच यो गीतको भिडियो रिलिज गरिएको छ । यो तीज गीतको भिडियोमा सारिका मुख्य नायिका छिन् । अग्रज अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल, अभिनेत्री रूपा राना पनि सारिकासँगै नृत्यमा रमेका छन् ।

यस्ताे छ भिडियाे ः

भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । वीरेन्द्र भाटको छायांकन÷सम्पादन रहेको यो भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन छ ।

पूर्वसभामुख ओनसरी घर्ती मगरले सोमबार काठमाडौंमा यो गीतको अडियो सिडी विमोचन गरिन् । कार्यक्रममा घर्तीले गीतको प्रशंसा गर्दै जागरणसम्बन्धी यो तीज गीत सन्देशमूलक भएको बताइन् । तिज गीत मनोरञ्जनसँगै सन्देशमुलक हुनुपर्ने सुझाब ओनसरीले दिईन् ।

पत्रकारहरू शान्तिप्रिय, शान्तराम बिडारी, कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, संगीतकार राजु सिंहलगायतले गीतको चर्चा गरे । गीतकार गीताले आफ्नो गीत लेखनको बारे चर्चा गरिन् । सारिकाले तिज महिलाहरुको महत्वपूर्ण पर्व भएकाल यही अबसर पारेर तिज गीतको भिडियो ल्याएको बताईन् ।