सिजन मिडियाको १० औं वार्षिक उत्सबमा थरी थरी फेसन


व्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

सिजन मिडियाले संस्था स्थापनाका १०औं वर्षको अवसर पारेर सिजन फेसन सो आयोजना गरिएको छ । काठमाडौंको दरबारमार्ग नजिक रहेको सिडब्लु रेस्टुरेन्टमा आइतबार अबेर साँझ विभिन्न फेसन शो गरिएको हो ।

रोजिन शाक्यको कोरियोग्राफीमा पुरुष र महिला गरी तीन दर्जन पुरुष तथा महिला मोडल र्याम्पमा उत्रिए । जसमा मोडल सहित, विभिन्न सौन्दर्य प्रतियोगितको बिजयी र होयर होस्टेजका लागि प्रशिक्षण लिईरहेको युवतीहरुले र्याम्पमा फेशन शो गरेका हुन् ।

मोडलहरूले लेहेंगा, गाउन, जम्पसुट, समेर फेशनसहित विभिन्न क्याजुअल ड्रेसमा शो प्रस्तुत गरे । सोही कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै १० व्यक्तिलाई सिजन मिडियाका तर्फबाट ऊर्जामन्त्री पुनले सम्मान गरे ।

सो कार्यक्रममा प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनदेखि विभिन्न क्षेत्रका व्यक्तिहरुले समेत फेसन सोलाई अवलोकन गरे । वार्षिक ६ वटा ब्युटी पेजेन्ट तथा फेसन सो गर्दै आएको सिजन मिडियाले संस्था स्थापनाका १०औं वर्षको अवसर पारेर सिजन फेसन सो आयोजना गरेको यसका अध्यक्ष प्रदीपरजा वन्तले बताए ।

१० औं वार्षिक उत्सबको केक काटेर वार्षिक उत्सब मनाईयो । कार्यक्रममा विभिन्न पेशाका व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो ।