ब्ल्याकको तीन शहरमा साक्षात्कार, आकाशले आँचलको गरे तारिफ


व्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा पहिलो पटक जोडी बनेर चलचित्र ब्ल्याक मार्फत दर्शकमाझ आउँदैछन् । बिगतमा पल शाहको मात्र जोडी बनेकी आँचल पहिलो पटक आकाशसँग जोडीको रुपमा यो चलचित्रबाट प्रस्तुत हुन लागेका हुन् ।

आँचल र आकाश सहित यो चलचित्रको युनिट आईतबारबाट मोफसल यात्रामा लागेको थियो । यी दुई कलाकार सहित चलचित्र ब्ल्याकको टिमले सोमबारबाट मोफसलमा साक्षात्कार कार्यक्रम गरेको छ । यसै क्रममा झापाकोे बिर्तामोडमा सोमबार यो चलचित्रको युनिटले सञ्चारकर्मीसंग साक्षात्कार गरेको छ ।

कार्यक्रममा बोल्दै अभिनेत्री आँचलले पहिलोपटक आकाशसँग यो फिल्ममा काम गर्दा निकै रमाईलो भएको बताएकी छिन् । अभिनेत्री आँचलले ब्ल्याक आफूले यसअघि गरेका चलचित्रभन्दा भिन्न रहेको प्रतिक्रिया सो क्रममा दिएकी छन् । आफूले यो चलचित्रबाट आफ्नो पुस्ताका सबै दर्शकको प्रतिनिधित्व गर्ने बताइन् ।

आकाशले पनि कार्यक्रममा आँचलको प्रसँसा गरेका छन् । केही समयको अन्तरमा पर्दामा आउँदै गरेका अभिनेता आकाशले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइ यो चलचित्रमा रहेको बताएका छन् । उनले केही फरक परिवेशमा यो चलचित्र निर्माण भएकाले ब्ल्याकले पृथक स्वादको प्रेमको आभाष दिने बताएका छन् ।

बिर्तामोडको साक्षात्कार कार्यक्रममा बोल्दै ब्ल्याकका निर्देशक प्रदीप श्रेष्ठले आफ्नो सिनेमा लभस्टोरी प्रधान भएको बताए । उनले सबैजसो चलचित्रले उठाउने लभस्टोरी कहीँकतै ठोकिन जाने भए तापनि ब्ल्याकको प्रस्तुति केही भिन्न भएको दाबी गरे । चलचित्रले जिन्दगीका रंगहरुको व्याख्या गरेको उनको भनाइ थियो ।

यस्तै निर्माता आश्मा पाण्डेले आफू पूर्वकै चेली भन्दै चलचित्र निर्माणमा आफ्नो उपस्थितिलाई दरिलो बनाउन त्यहाँका दर्शकलाई आग्रह गरेकी छन् । यो चलचित्रमा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्यलगायत मुख्य भूमिकामा पनि उनले जानकारी गराएकी छिन् ।

बिर्तामोडमा अन्तरक्रिया सकेर यो युनिटले मँगलबार दमकमा अन्तरक्रिया गरेको थियो । त्यसपछि ब्ल्याकको युनिटले मँगलबार सुनसरीको इटहरीमा पनि अन्तरक्रिया कार्यक्रम गरेको यसका निर्देशक प्रदीपले जानकारी गराए । मंगलबारको अन्तरक्रिया इटहरीमा टुंगिएको छ ।

दमक र इटहरीमा पनि आफूहरुले सञ्चारकर्मी तथा दर्शकसँग अन्तरक्रिया गर्ने निर्देशक श्रेष्ठले बताए । बुधबारबाट आफूहरु धरान, धनकुटा सहित पश्चिमतर्फ कार्यक्रम लिएर यात्रा गर्ने पनि यी निर्देशकले जानकारी गराए ।