सिजनको १० औं वार्षिक उत्सब, पत्रकार क्षत्री सहित १० जना सम्मानित


व्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

एक दशकदेखि फेशन, इभेन्ट, र व्युटी पेजेन्टमा सक्रिय सिजन मिडियाले संस्था स्थापनाका १०औं वर्षको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० व्यक्तिहरुलाई काठमाडौंमा एक समारोहबीच सम्मानित गरेको छ । फेशन शो र विभिन्न सांगीतिक कार्यक्रम सहित आईतबार राती भव्य समारोहबीच यस्तो सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले सो सम्मान प्रदान गरेका हुन् । पत्रकारितामा विशेष योगदान सम्मानबाट राजधानी दैनिकका वरिष्ठ उपसम्पादक डब्बु क्षत्री र पत्रकारिता योगदान सम्मानबाट रातोपाटीका पत्रकार कुवेर गिरी, मोडलिङमा पुर्याएको योगदानको सम्मानबाट पूर्वमिस नेपाल इन्टरनेसनल सुभेच्छा खड्का, कोरियोग्राफीतर्फको योगदानबाट रोजिन शाक्य सम्मानित भए ।

10th year’s anniversary Celebration to Season Medial. 2075-04-20

मिस वल्र्ड डाइभर्सिटी विजेता युनिता कर्मचार्य, मिस इन्डिया स कन्टिनेन्ट उपविजेता नितिका कर्मचार्य, मिस ई–कलेज २०१३ उपविजेता नेहा पोखरेललाई सौन्दर्य सम्मान प्रदान गरियो ।
यस्तै, ह्वाइटहाउस इन्टरनेसनल कलेजका प्रिन्सिपल युवराज शर्मा, शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई, नेपाल प्रहरी स्कुल साँगाका प्रिन्सिपल नविनमान श्रेष्ठ, शिक्षा सम्मानबाट सम्मानित भए ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले सौदर्यबाट पनि अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सकिने विश्वास व्यक्त गरे । सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले १० वर्षमा विभिन्न क्षेत्रमा आफूहरूले गरेको कामको चर्चा गरे ।