एभरेष्ट हेटलको शेयर बिबाद ः मस्कुरको ४९ प्रतिशत शेयर मात्र


व्युटी न्युज नेपाल
काठमाडौ २१ साउन

 १२ बैशाख २०७२ सालको भूकम्पपछि बन्द गरिएको काठमाडौंको बानेश्वर स्थित पाँचतारे होटल एभरेष्ट यतीबेला शेयर बिबादमा फसेको छ ।

यो होटलका ७ जना शेयरधनी सञ्चालक मध्य एकजना शेयरधनी मस्कुर अहमद लारीले एभेरष्ट होटलमा आफ्नो करिब ९६ प्रतिसत शेयर रहेको भन्दै बिक्री गर्न खोजेपछि बाँकी शेयर धनीहरुले आपत्ती जनाएका छन् । मस्कुरको जम्मा ४९.८ प्रतिसत शेयर रहेको बाँकी सञ्चालकले बताएका छन् । मस्कुरको ९६ प्रतिसत शेयर नरहेको भन्दै उनीहरुले कम्पनी रजिष्टारको कार्यालयबाट एभरेष्ट होटलको शेयर पुँजीपत्र सार्वजनिक गरेका छन् ।

हाेटलकाे पछिल्लाे शेयर 

यो होटल २०२७ सालदेखि सञ्चालन हुँदै आएको हो । २०३७ मा कम्पनी ऐन अनुसार कम्पनीमा दर्ता भएपछि भएरेष्टलाई मस्कुर सहित ७ जना सञ्चालक समितिले सञ्चालन गर्दै आएका छन् । यी सातै जना सञ्चालक भारतको लखनउ निवासी हुन् ।

पछिल्लो शेयर बिबरण अनुसार होटल एभरेष्टको नाममा २० लाख २१ हजार ५ सय १० कित्ता शेयर रहेको छ । जस मध्य मस्कुरको नाममा १० लाख ८ हजार २ सय २५ कित्ता शेयर रहेको छ । अर्का मुख्य शेयर धनी मकवुल अहमद लारीको नाममा पनि मस्कुरकै जत्तिकै १० लाख ८ हजार २ सय २५ कित्ता शेयर छ । बाँकी ५ हजार थान हेयर एक, एक हजार थानका दरले मुजफ्फर अहमद लारी, मुफज्वर अहमद लारी, महफुज अहमद लारी, मुसफा अहमद लारी र नज्मा मस्कुर लारीको नाममा छ ।

यसरी आफ्नो नाममा करिब ९६ प्रतिशत शेयर रहेको बताउँदै एकलौटी निर्णयले होटल बिक्रीगर्न लागेको आरोप मस्कुर अहमद लारीलई छ । मस्कुर अहमदको नाममा ५० प्रतिसत भन्दा कम शेयर रहेको देखिन्छ ।

हाेटलकाे संस्थापन शेयर 

पछिल्लो समय होटल एभरेष्टलाई जनता बैंकमा धितो राखेर एक अर्ब रुपैयाँ ऋण लिईसकेपछि यो बन्द होटललाई मस्कुरले आफ्नो ९६ प्रतिसत शेयर रहेको भन्दै बिक्री गर्न लागेका बाँकी शेयरधनीहरुको भनाई छ । मस्कुर अहमदले आफ्नो ९६ प्रतिसत शेयर रहेको दाबी नगर्न पनि बाँकी धेयरधनीहरुको सुझाब छ ।

होटल खदिर गर्नेलाई बाँकी ६ जना सञ्चालकको एभरेष्ट होटलको ५० प्रतिसत भन्दा बढी शेयर रहेको भन्ने जानकारी होस भनेर आफुहरुले कम्पनी राजिष्टारको कार्यालयबाट शेयरको बिवरण लिई सार्वजनिक गरेको बताएका छन् ।