प्रकाश सुवेदीले बकम्फुसे राजा बनाउँदै


व्युटी न्युज नेपाल
काठमाडौं, २१ साउन

सञ्चारकर्मी प्रकाश सुवेदीले हास्यप्रधान चलचित्र ‘बकम्फुसे राजा’ निर्माण गर्ने भएका छन् । सुवेदीले आफ्नो ५० औँ जन्मदिन मनाउने क्रममा शनिबार बेलुका काठमाडौंमा राजधानीमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरे ।

यसमा गीतमा अर्जुन पोखरेलले संगीत, विष्णु कल्पित छायाँकार रहने पनि प्रकाश सुवेदीले घोषणा सभामा जानकारी गराए । ‘हर्के हवाल्दार’ र ‘रिसानी माफ पाउँ’ जस्ता हाँस्य टेलिसिरियल निर्देशन गरिसकेका सञ्चारकर्मी सुवेदीले बकम्फुसे राजाबाट चलचित्र निर्देशनमा हात हाल्दैछन् ।

सुनिल श्रेष्ठको स्क्रिप्ट रहेको यो चलचित्र सुवेदी फिल्मसको ब्यानरमा गणेश सुवेदीले निर्माण गर्ने भएका छन् । यो चलचित्रको कलाकार घोषणा गरिएको छैन । बकम्फुसे राजामा राजाको भूमिकाको लागि उनले खगेन्द्र लामिछानेसँग कुरा चलाईरहेका छन् । वर्षा सिवाकोटीलगायतको कलाकार यसमा रहने छन् ।