झमकबहादुरले शनिबार लियो पिकअप


व्युटी न्युज नेपाल
काठमाडौ, १९ साउन

शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ‘झमक बहादुर’को पहिलो दिन व्यापार सामान्य थियो । तर शनिबार फिल्मको व्यापारले पिकअप लिएको यसका निर्माताहरुको भनाई छ ।

भोमन कटुवालले निर्देशन गरेको यो चलचित्र अपराध जनरामा आधारित छ । शनिबार आफ्नो सिनमा विभिन्न हलहरुमा हाउसफुल भएको निर्देशक कुटवालले बताएका छन् । झमकबहादुरले शुक्रबारको बिहानको व्यापार सामान्य र दिउँसोको मध्यम व्यापार गरेको थियो ।

निर्देशक कटुवालका अनुसार झमकबहादुर मुलुकका ५ दर्जन सिनेमाहलमा अहिले प्रदर्शन भईरहेको छ । यसमा अनुपविक्रम शाही, यादब देवकोटा (सरापे), राजु कमेडी, मिनकुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारको अभिनय छ ।

पिजी सर्टिफिकेट पाएको यो चलचित्रलाई मिनकुमार तामाङ र कोपिला कुमारी डल्लाकोटीले निर्माण गरेका हुन् । यसमा पवन गौतमको छायांकन, ओम सुनारको संगीत, राजु किरात राईको द्वन्द्व निर्देशन छ ।