भिडियोमा ‘निर्जला’ को भाले मोटर…गीत


व्युटी न्युज नेपाल
काठमाडौं, १६ साउन

चलचित्र ‘निर्जला’ समाबेश नयाँ लोकशैलीको गीत भाले मोटर…को मंगलबार सार्वजनीक गरिएको छ । निर्माण युनीटले प्रेस मिट गरि यो गीतको भिडियो प्रदर्शन गरेको हो । १९ असोजबाट प्रदर्शन हुने यो चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् ।

सार्वजनीक भाले मोटर सलिलसुन्दर तुलाधर र सवनम आचार्यले गाएका हुन् । बाबुल गिरीको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी क्रान्ति केसीले गरेका छन् ।

भिडियोमा शुभेच्छा थापा, किशोर खतिवडा र निक शर्माले कुशल डान्स गरेका छन् । कार्यक्रममा अभिनेता किशोरले आफूले निर्जलामा बिगतका फिल्ममा भन्दा फरक भूमिका निर्वाह गरेको बताए । त्यसैगरी, अभिनेत्री शुभेच्छाले निर्जला भरपुर मनोरञ्जनक फिल्म भएको बताइन् ।

फिल्ममा शुभेच्छा, किशोर र निकका साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अन्जली घिसिङ, प्रेम पौडेल र बालकलाकार काजल गिरीले अभिनय गरेका छन् ।
निर्देशक गिरीले निर्जला आफ्ना बिगतका फिल्मभन्दा हरेक कोणले फरक र बिशेष भएको बताए । उनले निर्जलाले आम नेपाली युवतीको प्रतिनिधित्व गर्ने समेत दावी गरे ।

गायक तथा संगीतका बाबुलले निर्जलाका गीत सबै बर्गका दर्शक, स्रोतालाई मन पर्ने बताए । उनले कार्यक्रममा फिल्ममा समाबेश शीर्ष गीत, दशै गीत र भाले मोटर गाएका थिए ।

यो चलचित्रका निर्माता प्रकाशचन्द्र न्यौपान हुन् । प्रेसमिटमा निर्माता प्रकाशचन्द्रले निर्जला आफ्नो पहिलो प्रयास भएको बताउदै अब आफू निरन्तर फिल्म निर्माणमा लाग्ने जानकारी दिए । उनले निर्जला गाउँले परिबेशको मिठो फिल्म भएको उल्लेख गरे । निर्माता न्यौपानेले ब्याबसायिक क्षेत्रमा झै फिल्म उद्योगमा पनि आफ्नो नाम चम्काउने दाउमा रहेको खुलाए ।

कमल राई र क्रान्ति केसीको कोरियोग्राफी रहेको फिल्म रबि कोइरालाले खिचेका हुन । निर्देशक गिरीले आफूहरुले दशैको अबसर पारेर दर्शकलाई उपहार स्वरुप निर्जला पस्किन लागेको बताएका छन् ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्कालगायतले निर्जलालाई सफलताको शुभकामना ब्यक्त गरे ।