ओम शान्ति व्युटी क्लिनिकद्वारा विधार्थी बिदाई तथा व्युटिसियन सम्मानित


व्युटी न्युज नेपाल
भक्तपुर १५ साउन

ओम शान्ति व्युटी क्लिनिक एन्ड ट्रेनिङ इन्स्टिच्युट सल्लाघारी, भक्तपुरले कमलबिनायकमा एक कार्यक्रमको आयोजना गरी विभिन्न अग्रज व्युटिसियनलाई सम्मान गरेको छ । साँगीतिक तथा फेशन शो सहित आयोजना गरिएको सो कार्यक्रममा ओम शान्ति व्युटी क्लिनिक मार्फत सिटिईभिटीमा लेबल वान उतिर्ण गरेका १०४ जनालाई प्रमाणपत्र प्रदान सहित बिधिवत विदाई गरिएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा व्युटिसियन क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै बरिष्ट व्युटिसियन डा.राजश्री श्रेष्ठ, सीता पाठक न्यौपाने र सुन्दरी कारञ्जित, शुशिला चुडाल गौतमलाई सम्मानित गरियो ।

सोही कार्यक्रममा सामाजिक अभियान्ता राजेश शर्मा र जेष्ठ नागरिक अग्रज आमा नारायणलक्ष्मी कारञ्जितलाई पनि नागरिकसम्मानबाट सम्मानित गरियो ।

ओम शान्ति व्युटी क्लिनिक एन्ड ट्रेनिङ इन्स्टिच्युट भक्तपुरबाट २०७४ सालमा सिटिईभिटीबाट लेबल वान उतिर्ण गर्ने १०४ जना विधार्थीहरुलाई परिक्षा उतिर्णको प्रमाणपत्र प्रदान गरियो ।

विधार्थीहरुको प्रोत्साहनको लागि आफुले प्रमाणपत्र प्रदान कार्यक्रम राखेको ओम शान्ति व्युटी क्लिनिक एन्ड ट्रेनिङ इन्स्टिच्युट भक्तपुरकी अध्यक्ष मेनुका शिवाकोटी उप्रेतीले बताईन् ।

अग्रज व्युटिसियनहरु अनिता खड्का रायमाझी, रश्मिला श्रेष्ठ, सुलोचना श्रेष्ठ, रेणु श्रेष्ठ, महिला नेतृ सरु बानियाँ लगायत अतिथि रहेको सम्मान तथा प्रमाणपत्र प्रदान कार्यक्रममा ओम शान्ति व्युटी क्लिनिक एन्ड ट्रेनिङ इन्स्टिच्युट भक्तपुरका विधार्थीहरुले बिजेता प्रजापति श्रेष्ठको कोरियोग्राफीमा फेशन शो तथा मेकअप एवम् हेयर स्टाईल शो प्रस्तुत गरेका थिए । विधार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जन प्रधान तुल्याएका थिए ।