ब्राइडल मेकअप कम्पिटिसन–२०१८मा लक्ष्मी सर्वोत्कृष्ट


व्युटी न्युज नेपाल
काठमाडौं, १५ साउन

ब्युटी न्युज नेपालको प्रस्तुति ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ ( बेहुली शृंगार प्रतियोगिता) को उपाधि चितवनकी मेकअप आर्टिस्ट लक्ष्मी पौडेल पोखरेलले जितेकी छन् ।

काठमाडौंमा १५ साउनमा सम्पन्न यस प्रतियोगितामा आफ्ना २३ प्रतियोगीलाई जित्दै लक्ष्मीले उत्कृष्ट भएपबात ११ हजार १११ रुपैयाँसहित क्राउन र विभिन्न उपहार प्राप्त गरेकी छन् ।

यस्तै महाराजगञ्ज काठमाडौंकी मेकअप आर्टिस्ट शोभा श्रेष्ठ सो प्रतियोगितामा फस्ट रनरअप भईन् । शोभाले उपाधिसँगै ६ हजार ६६६ रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् ।

यस्तै बेहुली शृंगारमा कालिमाटी काठमाडौंकी शोभा बस्नेत सेकेन्ड रनरअप भइन् । उनले क्राउन ४ हजार ४४४ रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् ।

यो प्रतियोगिता ब्युटी सेक्रेट ब्युटी सलुन खिचापोखरी, रोज सिप विकास तामिल केन्द्र रवि भवन, रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सीकोला, कलंकी ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलंकी, ओम शान्ति ब्युटी सलुन सल्लाघारी र विक्षण क्रिएसनले यो प्रतियोगिताको आयोजना गरेको हो ।

यस प्रतियोगिताको निर्णायकमा बरिष्ठ ब्युटिसियनद्वय डा. राजश्री श्रेष्ठ, अग्रज व्युटिसियन रश्मिला श्रेष्ठ, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष रञ्जित पौडेल, नेचर इसेन्स÷करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती र अग्रज मेकअप आर्टिस्ट श्याम बराल थिए ।

मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको हो । प्रतियोगितामा विभिन्न जिल्लाका प्रतियोगी सहभागी थिए ।

सो कार्यक्रममा बोल्दै अग्रज ब्युटिसियन डा. राजश्री श्रेष्ठले पहिला आफ्नो पालामा बेहुली शृंगारका लागि त्यति धेरै प्रविधि र सामग्री नभएको बताईन् । त्यसैले पहिले पहिले बेहुली शृंगारमा प्रतिस्पर्धा नभएको स्मरण सुनाउँदै भनिन्,‘आजकाल बेहुली पनि शृंगारमा राम्रो हुनुपर्ने प्रचलन बढेकाले यस्ता प्रतियोगिताले ब्युटिसियनलाई बेहुली शृंगारमा दक्ष र सफल बनाउन मद्दत पु¥याउँछ ।’

आयोजकमध्येकी सोनी कारञ्जितले सबै प्रतिस्पर्धीहरु उत्कृष्ट भए पनि थोरै नम्बरले हारजित भएको बताइन् । प्रतियोगीहरु सबैले राम्रो काम गरेको र यसले ब्राइडल मेकअप अझ कसरी राम्रो गर्ने भन्ने अनुभव मेकअप आर्टिस्टलाई गराएको बताइन् ।

यस्तै बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सुमित्रा रञ्जितकारले कार्यक्रममा बताइन् ।

तस्विर ः लक्ष्मण महर्जन