आयो झमकबहादुरको मृग नयनी…


व्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

चलचित्र झमकबहादुरको नयाँ गीत ‘मृग नयनी तिम्रो आखाँमा…’ का भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
यो चलचित्र १८ साउनबाट देशव्यापी प्रर्दशनीनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको गीत सार्वजनिक गरिएको हो ।

यो गीतको भिडियोमा अभिनेता मिन कुमार तामाङ र अभिनेत्री सुजाता थापाको अभिनय देख्न पाईन्छ । यस गितमा मेलिना राई र ओम सुनार को स्वर रहेको छ । तीर्थ दामली टुप्पीले लेखेको यो गीतमा ओम सुनारले संगीत दिएका छन् ।
गीतको नृत्य निर्देशन जिवन थापाले गरेका हुन् । चितवन, पोखरा र काठमाडौंमा छायाँकन गरिएको गीतलाई रमणीय बनाईएको छ ।

हेर्नुस भिडियाे ः

https://www.youtube.com/watch?v=hLCQFQQqpfk&feature=share

चलचित्र झमकबहादुरमा अनुप बिक्रम शाही, यादब देवकोटा(सरापे), राजु कमेडी, मिन कुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, राजन मर्हजनलगायतको मुख्य भूमिका छ ।

झमकबहादुरमा पवन गौतमको छायांकन, अनिल मर्हजनको सम्पादन, राजु किराँत राई को द्वन्द्व निर्देशन रहेको छ । यो चलचित्रका निर्माता मिन कुमार तामाङ हुन् ।

यसको सह निर्माता कोपिला कुमारी डल्लाकोटी हुन् । चलचित्र झमकबहादुरलाई यस चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका छन ।