सुदृष्टीको तिजभाका तृतीया तिथिमा आयो बजारमा


व्युटी न्युज नेपाल
काठमाडौं, ११ साउन

नव गायिका सुदृष्टी राईले आउँदो तिजलाई लक्षित गरेर नयाँ तिजगीत बजारमा ल्याएकी छिन् । उनले तृतीया तिथिमा तिज बरीलै…बोलको गीतको भिडियो बजारमा ल्याएकी हुन् ।

यो भिडियोलाई उनले आफ्नै युट्युज च्यालनबाट रिलिज गरेकी हुन् । यो गीतको शब्द सुमन श्रापितले लेखेका हुन् भने यसमा बीबी अनुरागीले संगीत छ ।

तिज गीतको यो भिडियोलाई अशोक मल्लले निर्देशन गरेका छन् । यो गीतको भिडियो सम्पादक पनि अशोक नै हुन् । यसमा अशोकको काम प्रसँसनीय छ । उनले गीतमा कलाकारलाई राम्ररी अभिनय गराउन सकेका छन् ।

यस्तो छ तिज भिडियो

https://www.youtube.com/watch?v=2acmfrre1YA

गीतको भिडियो कोरियोग्राफी मनी के. राईले गरेका छन् । रोशन श्रेष्ठको छायाँकनमा तयार भएको यो म्यूजिकमा सुदृष्टि राई, मेरी र सपनाले अभिनय गरेका छन् ।

भर्खरै ११ पढ्न लागेकी गायिका राई झापा दमकी हुन् । उनले यसअघि पश्चिमी शैलीको तिज गीत गाएकी थिईन् । तिज गीत मौलिक हुनुपर्ने सुझाब पाएपछि यसपटक मौलिक गीत ल्याएको उनले बताईन् ।