रोमियो एन्ड मुनामा चित्रकार मुना र एनआरएन रोमियोको प्रेममा


रिलिज चलचित्र

व्युटी न्युज नेपाल
काठमाडौं, ११ साउन

चलचित्र हो ‘रोमियो एन्ड मुना’ शुक्रबारबाट मुलुकका करिब ७० ओटा सिनेमा हलमा एकसाथ प्रदर्शन भएको छ । बिहानीको शोमा यो चलचित्रले राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको भनाई छ ।

गीत संगीतले समेत चर्चा कमाउन सफल यो चलचित्रलाई प्रसन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् ।

नरेशकुमार केसीको निर्देशन रहेको ‘रोमियो एन्ड मुना’मा विनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्र लभ स्टोरी जनरामा निर्माण गरिएको निर्देशक केसीले बताएका छन् ।

यो चलचित्रमा अभिनेत्री श्रृष्टि श्रेष्ठ चित्रकार युवतीको भूमिका र अभिनेता विनय श्रेष्ठ एनआरएनको भूमिकामा रहेका छन् । यो चलचित्रमा कलाकारमा प्रज्ज्वल सुजल गिरी, सुष्मा कार्की र सुरक्षा पन्तको पनि अभिनय रहेको छ ।

यो चलचित्रले सेन्सर बोर्डबाट ‘पीजी’ प्रमाणपत्र पाएको छ । यो चलचित्र हेर्न १६ वर्ष मुनिका बालबालिका सहित अभिभावकको साथ चाहिनेछ ।