पूर्व मिस नेपाल श्रृष्टी अब दर्शकका लागि चित्रकार


व्युटी न्युज नेपाल
काठमाडौं, १० साउन

११ साउनबाट प्रदर्शनमा आउँने चलचित्र ‘रोमियो एण्ड मुना’मा अभिनेत्री तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ चित्रकारको रुपमा देखिदै छन् । आफुले ६ महिना चित्रकलाको प्रशिक्षण लिएर यो चलचित्रमा आफु चित्रकारको रुपमा आएको यी नायिकाले बताएकी छिन् । रोमियो एन्ड मुनामा एउटा चित्रकार महिलाको भूमिका आफुले निर्बाह गरेको उनले बताएकी छिन् ।

‘रोमियो एण्ड मुनामा मेरो गाउँले मुनाको भूमिका रहेको छ । चलचित्रले आफुलाई बास्तविक रुपमै चित्रकार बनाएको छ ।’ श्रृष्टीले भनिन् । ‘रोमियो एन्ड मुना’ प्रदर्शनपछि आफ्नो चलचित्र करियरमा धेरै परिवर्तन आउँने श्रृष्टीले बताइन् ।

‘गाजलु’ चलचित्रबाट अभिनयमा होमिएकी श्रृष्टीको मुख्य भुमिका रहेको यो दोस्रो चलचित्र हो । अघिल्लो चलचित्र गाजलुमा अनमोल केसीको नायिका बनेकी श्रृष्टिले रोमियो एन्ड मुना रिलिज भएपछि दर्शकले आफुलाई बिनयको नायिका भनेर सम्बोधन गर्ने जिकिर गरिन् । तर आफुलाई कसैसँग नाम जोडिएको मन नपर्ने पनि उनले बताईन् ।

श्रुष्टि र बिनयले एकसाथ काम गरेको यो नै पहिलो चलचित्र हो । बिनय धेरै चलचित्रमा राम्रो भुमिकमा देखिसकेका ब्यक्ति हुन् । यस हिसावले पनि बिनयसँग कामगर्दा केही अब्ठ्यारो त भएन ? प्रश्न राख्न नपाउदै श्रृष्टिले भनिन् ‘बिनयसँग काम गर्दा डर त थिएन । किनभने उसको अप्रोज नै राम्रो हुन्छ । उसले सबैसँग गर्ने ब्यवहार पनि राम्रो छ ।’