व्युटी न्युज नेपाल
काठमाडौं ८ असार

‘मिस टीन प्लस टु २०१८’का प्रतियोगीहरुले राजधानीमा एक समारोहबीच ट्यालेण्ट शोमा आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका छन् । स्टार वन इन्टरटेनमेन्ट प्रालिले प्लस टुमा अध्ययनरत किशोरीहरुबीचको प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरेको हो ।

ट्यालेण्ट शोअन्र्तगत प्रतियोगीहरुले नृत्य, अभिनय, वक्तृत्वकला, चित्रकलालगायतका आफुमा अन्र्तनिहीत विविध प्रतिभा प्रस्तुत गरे । ट्यालेण्ट शोबाट एकजना मिस ट्यालेन्ट चयन हुने र सोको घोषणा अन्तिम स्पर्धाका दिन हुने जानकारी कार्यक्रममा गराईयो ।

ट्यालेण्ट शोमा निर्णायकमा नाट्यकर्मी वीरेन्द्र हमाल, सञ्चारकर्मी शारदा अर्याल, मिसेस नेपाल आईकन शान्ता लामा, संगीतकर्मी सरोज प्याकुरेल र मोडल राज लुईंटेल निर्णायक थिए । यो प्रतियोगिताको संयोजकमा बालकृष्ण पोखरेल र कोरियोग्राफरमा अश्विनी झा छन् ।
यो प्रतियोगितामा प्रतियोगीहरु कमला तामाङ, सभ्यता भण्डारी, इसु लामा, रोजिना गमाल, सारिका भौकाजी, मेरिना सुवेदी, अन्विसा रावल, लक्ष्मि सेवा, एश्वर्य थापा, शिक्षा आचार्य, करिश्मा गुरुङ्ग, रोशनी श्रेष्ठ, दिपिका अधिकारी, चन्द्रीका रावल, स्मृति पराजुली, कुसुम क्षेत्री, निरु कुचिकार, सदिक्षा सिंह, निमी शाक्य, सुनिता शाही र अर्चना पाठक छन् ।

स्टार वनकी पेजेन्ट निर्देशक पुजा निरौलाका अनुसार आगामी १२ साउनमा जमलस्थित राष्ट्रिय नाचघरमा हुने चौथो संस्करणको प्रतियोगिताका अन्तिम प्रतिस्पर्धीबाट बिजेता चयन हुनेछ ।