अभिषेकलाई फकाउँदै अभिनेत्री स्वस्तिमा


ब्युटी न्युज नेपाल

काठमाडाै‍ ८ साउन

अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो हिरो अभिषेक नेपाललाई निकै फकाएका छन् । ‘नाइ नभन्नू ल–५’को शीर्ष गीत ‘तिम्रो आँखामा आँखा जुधाइ…’ को भिडियोमा नव अभिनेता अभिषेकलाई स्वस्तिमाले फकाएको देखिन्छ ।

यो गीतको भिडियो मँगलबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरियो । यो चलचित्रको यस गीतको भिडियोमा स्वस्तिमा खड्का र अभिषेक नेपालको रोमान्स हेर्न पाइन्छ । गीतको भिडियो इलाम, सिन्धुली बर्दिबास सडक, गोदावरीलगायतका स्थानमा छायांकन गरिएको छ । पुरुषोत्तम प्रधानले निकै आकर्षक रुपमा खिचेको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

हेर्नुस् भिडियाे

निकै मिठो बनेको यो गीतमा मेलिना राईले स्वर छ । यसमा संगीत वसन्त सापकोटाले दिएका छन भने यो गीतलाई दिनेश थपलियाले लेखेका हुन् ।

संगीतकार सापकोटाले गीतको भिडियो सार्वजनिक समारोहमा बोल्दै आफूले यो गीतको संगीतमा केही फरकपना ल्याउन खोजेको छु भने । यो चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । गीतलाई अहिलेका पुस्ताले रुचाउन भनाई निर्देशक आचार्यको थियो । यो साँगीतिक पारिवारिक चलचित्र रहेको पनि उनले बताए ।

नाई नभन्नू ल–५ मा प्रियंका कार्की, केकी अधिकारी, दिलीप रायमाझी, निरुता सिंह, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, उत्तम केसीको अभिनय छ । यही चलचित्रबाट अभिनेता अभिषेक नेपाल र बाल कलाकार सेड्रिना शर्मा डेब्यु हुँदै छन् ।

नाई नभन्नू ल–५ मा अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन, विकाशराज आचार्य र सामीप्यराज तिमिल्सिनाको लेखन छ । यसलाई दिनेश पोखरेल, पुरुषोत्तम प्रधान, विष्णुमणि दाहाल, हरिबोल भण्डारी, गौरीराज जोशीले निर्माण गरेका हुन् ।

नेपाली चलचित्र वृत्तमा सबैभन्दा धेरै शृंखलामा निर्माण हुन सफल चलचित्र नाई नभन्नू ल हो । यसको यो पाँचौ शृंखला आगामी ८ भदौबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । कम्तिमा ११ सृँखलासम्म नाई नभन्नु ल निर्माण गर्ने निर्माताहरुको लक्ष्य छ ।