प्रशंसा र सारिका लिटिल मिस हेरिटेज नेपाल


व्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

प्रशंसा रायमाझी र सारिका प्रजापतिले ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि पाएका छन् । प्रशंसाले सिनियर र सारिकाले जुनियर तर्फको ताज जितेका हुन् ।

कार्यक्रममा सिनियर तर्फकी सुभासिनी काफ्ले फस्ट रनर अप, जुनियर तर्फकी अर्या पाण्डे फस्ट रनर अप सहित पब्लिक र भिवर च्वाइस घोषित भए । सबै बिजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक पक्षको दाबी छ ।

जेनिथ इन्टरटेन्मेन्टले इप्लानेटसँगको सहकार्यमा आयोजना गरेको यो प्रतियोगितामा निशा पाठकको कोरियोग्राफी रहेको थियो । केहीवर्षबाट यो नियमित रुपमा आयोजना गरिने आयोजक जेनिथका विक्रम सिंह मैनालीले बताए ।

काठमाडौंमा आइतबार अबेरसाँझ सम्पन्न प्रतियोगितामा हिडेन ट्रेजरकी प्रतिमा कक्षपती, फोटोग्राफर राजभाइ सुवाल, अभिनेता रेश मरहट्ठा, स्टालिस्ट सोनिया गुरुङ, फोटोग्राफर केर्विन रंजनिकर, गायक निर्णय श्रेष्ठ र निक शाक्य निर्णायक थिए ।