‘रोमियो एण्ड मुना’ हेर्न बालबालिकालाई अभिभावक चाहिने


व्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

चलचित्र ‘रोमियो एण्ड मुना’ले आइतबार चलचित्र केन्द्रिय जाँच समिति (सेन्सर बोर्ड)बाट ‘पिजी’ प्यारेन्स गाईडेड सर्टिफिकेट पाएको छ । यो चलचित्र हेर्न अब १६ बर्ष मुनिका बालबालिकाले आफ्ना अभिभावकको साथमा जानुपर्ने छ ।

पिजी सर्टिफिकेट सहित सेन्सर बोर्डले चलचित्र प्रदर्शनका लागि अनुमती दिएको निर्माता प्रशन्न गोपालीले बताए,‘बिना काटछाट चलचित्र पास भएको छ । चलचित्रमा राक्षसको समेत क्रियसन गरिएकोले सोही कारण यसलाई पिजी प्रमाण पत्र दिईएको हो ।’

११ साउनबाट प्रदर्शनमा आउँने चलचित्र रोमियो एण्ड मुनामा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको छ । नरेशकुमार केसीको निर्देशन रहेको रोमियो एण्ड मुनामा विनय र सृष्टिसँगै प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तलगायतको अभिनय देख्न सकिनेछ । प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले यसको निर्माण गरेका हुन् ।