१५ साउनमा ‘ब्राईडल मेकअप कम्पिटिसन–२०७५’, फारम १० साउनसम्म


व्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

व्युटिसियनहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि व्युटी न्युज नेपालको प्रस्तुतिमा ‘ब्राईडल मेकअप कम्पिटिसन–२०७५’ आयोजना हुने भएको छ । यो प्रतियोगिता आगामी १५ साउनमा काठमाडौंको सोल्टिमोड स्थित स्वस्तिक पार्टी भेन्युमा आयोजना हुने भएको छ ।

एक दिनको यो प्रतियोगीतामा बेहुली सृँगार्ने कार्यमा प्रतिस्पर्धा हुनेछ । यो प्रतियोगिताको आयोजना रोज विकास तालिम केन्द्र रविभवन, व्युटी सेक्रेट खिचापोखरी, कलंकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलंकी, रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सिकोला, ओम शान्ति ब्यूटी क्लिनिक सल्लाघारी र बिलक्षण क्रियसन प्रा.लि.पुतलीसडक रहेका छन् ।

यो प्रतियोगितामा उत्कृष्ट हुनेले ११ हजार १ सय ११ रुपैयाँ सहित क्राउन र एक वर्षसम्म नियमित व्युटी न्युज नेपाललगायतको मिडियामा छाउने अबसर, द्धितीय हुनेले ६ हजार ६ सय ६६ रुपैयाँ, क्राउन सहित व्युटी न्युज नेपाललगायतको मिडियामा छाउने अबसर र तृतीय हुनेले ४ हजार ४ सय ४४ रुपैयाँ, क्राउन सहित व्युटी न्युज नेपाललगायतको मिडियामा छाउने अबसर पाउने छन् ।

यो प्रतियोगिताको अन्तिम फारम भर्ने मिति यही १० साउनसम्म राखिएको छ । ११ साउनबाट प्रतियोगी चयन तथा मेकअप बिशेष प्रशिक्षण सुरुहुनेछ । व्युटिसियनहरुका लागि ब्राईडल मेकअप अपरिहार्य र आयको राम्रो श्रोत भएकाले यसमा निखार ल्याउन ‘ब्राईडल मेकअप कम्पिटिसन–२०७५’ लागिएको हो ।

यो प्रतियोगितामा हालसम्म कृष्णमायाँ श्रेष्ठ, अनुराधा महर्जन, बिजेता श्रेष्ठ, सुष्मा राई, संगीता थापामगर, पूजा गौतम, शोभा बस्नेत, प्रमिला कटवाल, लक्ष्मी पौड्याल पोखरेल, शान्ति लेखक, शिवा भण्डारी, सृजना केसी, कुमारी गुरुङ, सविता रञ्जितकार, सरिता केसी खडका, अमृता कुमारी स्याङतान, रितु लिम्बु, मबी राई, इन्दिरा विश्वकर्मा खाती, मनिषा जिसी (घर्ती क्षत्री), उर्मिला मस्तरा श्रेष्ठ (राना) चयन भएका छन् ।