गौरीले गरिन बिनाको चेली मेकअप स्टुडियो उद्घाटन, आमा छोरीको सम्बन्धले दुबै भावुक


व्युटी न्युज नेपाल
काठमाडौं ५ साउन

२० वर्ष अघि आफुले छोरी भनेर मायाँ गरेकी बालिकालाई यतीबेला सफल मेकअप आर्टिस्टको रुपमा भेट्जा अभिनेत्री गौरी मल्ल खुसी भएकी छिन् । आफुले सुटिङमा दुई दशक अघि छोरी भनेर मायाँ गरेकी बच्ची बिना रानामरणको मेकअप स्टुडियो ‘चेली मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टर’ को उद्घाटनका क्रममा शुक्रबार दिउँसो गौरी मल्ल निकै हर्षित देखिईन् ।

गोदावरीकी विना रानामगर बल्यकालमा गौरी मल्लको चलचित्रको छायाँकन हेर्न गोदाबरी पार्क जान्थिन् । त्यतिबेला गौरीले बिनालाई छोरी र बिनाले गौरीलाई आमा भनेर निकै माथा गर्थे । यो कुरा बिनाको मुखबाट सुन्दा दुबैजना भावुक हुँदै एकले अर्कालाई अँकमाल गरे । किनकी यी दुई बीच २० वर्षपछि शुक्रबार भेट भएको थियो ।

आफुले आमा भनेको अभिनेत्री गौरी मल्ललाई २० वर्षपछि प्रमुख अतिथि बनाएर बिना रानामगरले काठमाडौंको कालीमाटी चौकमा ‘चेली मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टर’ प्रारम्भ गरिन् । गौरी मल्लले शुक्रबार बिनाको चेली मेकअप स्टुडियोको उद्घाटन गरिन् ।

बिनाले निकै सुविधासम्पन्न स्टुडियो खेलेर राम्रो काम गरेको भन्दै गौरीले बिनालाई शुभ आर्शिबाद दिईन् । आफु अब बिनाकोमा फेसियल, मेनिक्योर, पेडीक्योर लगायतको सेवा लिन आउने पनि गौरी मल्लले बताईन् । आफुले फेरी पनि छोरीकै रुपमा बिनालाई मान्ने पनि गौरीले बताईन् ।

आफुले आमा मानेकी गौरी मल्ललाई भेटेर उहाँको हातबाट २० वर्षपछि मेकअप स्टुडियो उद्घाटन गराउन पाउँदा बिना पनि हर्षले गद्गद् भईन् । उनले आज साह्रै खुसी भएकी छु भनिन् । आफ्नो मेकअप स्टुडियोमा सबै प्रकारको मेकअप, नेल आर्ट, मेहन्दी आर्ट, फेसियल, व्युटी सम्बन्धि सम्पूर्ण सेवासँगै प्रशिक्षणको पनि सुविधा रहेको बिनाले जानकारी गराईन् ।

हेर्नुस  भिडियाे ः 

सो उद्घाटन कार्यक्रमको अतिथिमा बरिष्ट व्युटिसियन अनिता खड्का, पत्रकार एवम् गीतकार डब्बु क्षत्री, व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की बिजेता सरिता भारती, दीपश्री मिडियाका अध्यक्ष दीपक लामिछाने लगायत थिए ।