मञ्जुको गीतमा निता र दिपेन्द्रको छमछमी


व्युटी न्युज नेपाल
काठमाडौं ६ साउन

नयाँ तिज गीत ‘छम्म छम्म…’मा सञ्चारकर्मी दीपेन्द्र घिमिरे र अभिनेत्री निता ढुँगाना छमछमी नाचेका छन् । गायिका मञ्जु पौडेल र सन्तु थापाले गाएको योे तीज गीतमा शिव हमालको शब्द, पवित्रा सर्तुङ्गे मगरको संगीत र आशिष अविरलको संगीत संयोजन छ ।

यो गीतको भिडियोलाई युट्युवमार्फत सार्वजनिक गरिएको छ । गीतको कथा अनुसार भिडियोमा ब्रत बसेकी पात्र श्रीमती (निता)सँग श्रीमान (दीपेन्द्र) नाचेको दृष्य देख्न पाईन्छ ।

‘आधुनिक र लोकगीतमा पहिला पनि काम गरेको थिएँ । तर तीज गीतमा पहिलो चोटी नाचेको हुँ ।’ दीपेन्द्रले भने । पहिलो पटक भए पनि उनको डान्स राम्रो रहेके निताले बताईन् ।

यो गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन छ । गीत र भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो ।