निताको नाकैमा झुम्के फूली, लठ्ठिए सञ्जय


व्युटी न्युज नेपाल
काठमाडौं ५ साउन

अभिनेत्री निता ढुँगानाको नामका झुम्के फूलाकी निकै सुहाएको छ । त्यो सुहाएको फूलीदेखेर अभिनेता सञ्जय खतिवडा उनीप्रति लठ्ठीएका छन् ।

यो नयाँ गीत नाकैमा फूली…को प्रसँग हो । यो गीतको भिडियो शुक्रबार सार्बजनिक भएको छ । सम्राट क्रियशनका सिइओ तथा गीतका निर्देशक सुमन दाहालले आफ्नै च्यानलबाट गीत सार्वजनिक गरेका छन् ।

नाकैमा फूली सबै हिसाबमा नवीनतम शैलीको भएको सुमनले बताए । सहिमा श्रेष्ठले पहिलेका गीत भन्दा फरक शैलीको रहेको र आफूले यस्तो खाले गीत पहिले कहिल्यै नगाएको पनि सहिमाले बताएकी छिन् ।

यो गीतलाई पत्रकार शान्तिप्रियले लेखेका हुन् । नेपालीमन नेपालीपन भएको लोक पप शैलीमा आफूले गीत लेखेको शान्तिप्रियले बताएका छन् ।

गीतका संगीतकार भने दिपक शर्मा हुन् । दिपकले गीतलाई नयाँ बनाउन प्रयास गरिएको बताए । गीतमा निता ढुंगाना र संजय खतिवडाको जोडी सुहाएको छ ।

भिडियोलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् भने सम्पादक सुरेश राउत हुन् । गीतको छायांकन इश्वर सिंकेमनले गरेका हुन् भने शुशील जोशीको श्रृंगार रहेको छ । गीतको भिडियो राम्रो बनेको प्रतिक्रिया निर्देशक दाहालले दिएका छन् ।