ब्ल्याकको तिम्रो लागि…मा आकाश–पल रोमान्स


व्युटी न्युज नेपाल
काठमाडौं ४ साउन

प्रदर्शनी मिति नजिकिँदै गर्दा चलचित्र ‘ब्ल्याक’को नयाँ गीत रिलिज भएको छ । आगामी १ भदौबाट प्रदर्शनमा आउन लागेको ब्ल्याकको ‘तिम्रो लागी…’ गीत भिडियो रिलिज गरिएको हो ।

यो रोमान्टिक शैलीको गीतमा मुख्य कलाकार आकाश श्रेष्ठ र आँचल शर्माको प्रेमिल भावलाई प्रस्तुत गरिएको छ ।
गीतमा संगीत महेश खड्काले भरेका छन् । जसमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । जसमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

प्रेमकथामा आधारित यो चलचित्र यसअघि रिलिज ‘पल पल हरपल…’ गीतको भिडियो आएको थियो । यो गीतले राम्रै चर्चा पाएको थियो ।

प्रदिप श्रेष्ठ निदेर्शित ब्ल्याकलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् । ब्ल्याक’लाई गोविन्द शाही, उज्जल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् ।

जसमा आयुष रिजाल, सुशिल क्षत्री, धिरेन शाक्य र प्रिया रिजाल पनि मुख्य भूमिकामा छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा मौनता श्रेष्ठको आलेख रहेको छ ।