शिलाको एकल साँझमा दर्शक लठ्ठ


व्युटी न्युज नेपाल
काठमाडौं, ३ साउन

युवा पुस्ताकी गायिका शिला बिष्ट अलीले आफ्नो माधुर्य स्वरबाट दर्शकलाई लठ्याएकी छिन् । साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले आयोजना गरेको तेस्रो सुर–साधना २०७५ मा उनले दर्शक लठ्ठ्याएकी हुन् ।

उनी सांस्कृतिक संस्थानकै गायिका हुन् । बिहिबार अपरान्ह संस्थानको मिनी हलमा शिलाको एकल गायन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा करिब एक दर्जन गीत सुनाएर दर्शक श्रोताको मन जितिन् । केही युगल गीतमा उनलाई गायक विपिन घिमिरेले स्वरमा साथ दिए । करिब डेढ घन्टाको बसाईमा आफ्ना आधुनिक गीत तथा गजलहरुका साथ शिला प्रस्तुत भईन् ।

उनले माधुर्य स्वर मार्फत आफ्नो चर्चित गीत जुरेन भने चिना…बाट गायन सुरु गरेकी थिईन् । आफुले गाएको गीतको रचना र गायन कथा भन्दै उनले सो क्रममा गीतहरु गाएकी थिईन् ।

सो क्रममा क्रमश यी गायिकाले के होला अभियोग…, नौ डाँडा काटी गएको…, आउने हो की नआउने हो मेरो हाँस्ने पालो…बोलका गीत सुनाउँदै दर्शक लठ्ठ्याईन् । उनले गीत गाईसक्दा हलमा वाहवाहीको आबाज गुन्जिएको सुन्न पाईएको थियो । शिलाले गायनलाई निरन्तरता दिँदै आफ्नो सामु आज…, मैले भगवान पाएँ…, हामी रहुँ या नरहुँ…, यस्तो बेईमानीसँगै…बोलका गीतहरु पनि सुनाईन् ।

हरेक महिनाको पहिलो बिहिबार सांस्कृतिक संस्थानले संस्थानकै कलाकारहरुको बृत्तिविकाशका लागि एकल गायन साँझ सुर–साधना आयोजना गर्दै आएको संस्थानका महाप्रबन्धक राजेश थापाले सो कार्यक्रममा बताए । शिलाको कार्यक्रममा निकै राम्रो भएको पनि उनले बताए ।

सो कार्यक्रमको प्रत्यक्ष बाद्यबादनमा संस्थानका कलाकारहरु लोकराज राई, कृष्ण गुरुङ, दुर्गाप्रसाद खतिवडा, खर्कबहादुर बुढा, तिर्थराम पोखरेल, दीपेन्द्र बज्रचार्य, नरेश प्रजापति, भगिरथ सुस्लिङ र आकाश गोर्खाली थिए । शिलाको एकल गायन कार्यक्रम संस्थानका अध्यक्ष उद्धाेग रार्इकाे  अध्यक्षतामा सम्पन्न भएको थियो ।