पोखरा फेशन वीक २०१८मा थरी थरीका डिजाईन्


व्युटी न्युज नेपाल
पोखरा, २ साउन

विभिन्न प्रकारका पहिरनहरु र्याम्पमा प्रस्तुत गर्दै पोखरामा दुइ दिने फेशन सप्ताह सम्पन्न भएको छ । फेशन स्कुलको प्रस्तुति तथा ट्रेनर नेपालको आयोजना फेशन शो सम्पन्न भएको थियो । फेशन शोको इभेन्ट्स फर यु, डिजाइनर्स कल्बको सहकार्यमा आयोजना गरिएको थियो ।

यो फेशन वीकमा पोखराका १२ जना मोडेलले १०० जना डिजाइनरहरुको आकर्षक पहिरनहरुमा ४८ फिटको र्याम्पमा प्रस्तुत गरे । फेशन सप्ताह कार्यक्रममा ५० बर्ष अघिका पहिरनहरु प्रस्तुत गर्दा कार्यक्रमको रौनक नै अर्को देखिएको थियो । यस्तै ‘लै बरी लै’ तीज स्पेशल, फ्लेश विक स्टाई ए बी सी तथा १,२ ,३ , फेशन फ्युजन, हलीवुड बलिवुड कलिवुड, समर स्प्रिंग जस्ता थिमहरुमा फेसन प्रस्तुत गरिएको थियो ।

फेशन शोमा मोडलहरु गाउन, लेहेंगा, सारी, वानपीस एवम् क्रिएटिभ वेयर्सहरुका र्याम्पमा प्रस्तुत भएका थिए । यो फेशन सप्ताहको कोरियोग्राफी सञ्चारकर्मी, फेशनस्टाइलिस्ट एवम् फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरले गरेकी हुन् ।

पोखरा नयाँबजार स्थित प्रदशनी केन्द्रको डोममा सम्पन्न ‘पोखरा फेशन वीक २०१८’ अहिले सम्मको पोखराको सबै भन्दा ठुलो फेशन शो रहेको आयोजक रबिन गुरुङले बताए ।
यो फेशन शोको सफलताले खुसी भएका रबिनले अर्को बर्ष अझ बृहत रुपमा जाने सोच राखेका छौं भने । त्यहाँ फेशन सप्ताहको अबसर पारेर विभिन्न ३५ विधामा फेशन अवार्ड पनि आयोजना गरियो ।