पोखरामा ३५ विधामा फेशन अवार्ड प्रदान, जयनलाई कोरियोग्राफी अवार्ड


व्युटी न्युज नेपाल
पोखरा, २ साउन

 केही वर्ष यताबाट अवार्डको लहर चलेको छ । यसै क्रममा पोखरामा फेशन अवार्ड नेपाल आयोजना गर्दै विभिन्न ३५ विधामा अवार्ड प्रदान गरिएको छ ।

अवार्ड समारोहमा आउटस्टेन्डिङ कन्ट्रिब्युशन इन फेशन कोरियोग्राफीको अवार्ड व्युटी न्युज नेपालकी फेशन समाचार संयोजक जयन सुब्बा मानन्धरलाई प्रदान गरियो ।

फेशन स्टाइल, डिजाइनर र बुटिकका विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो । जसमा अन्य अवार्ड तर्फ स्टाइल आइकन नेपाल पुरुषतर्फ प्रशान्त ताम्राकार, महिलातर्फ करिष्मा मानन्धर, मोष्ट स्टाइलिस सिङ्गर सविन राई, बेष्ट डेष्ड सिङ्गर आशिष राना ‘लाहुरे’, आउटस्टेन्डिङ कन्ट्रिब्युशन इन फेशन डिजाइनिङ तेन्जिङ छेदेन भुटियालाई अवार्ड प्रदान गरियो । डिजाइनर अफ दि एयर दिपीका गुरुङ, डिजाइनर अफ दि एयर पोखरा मनिषा श्रेष्ठ, बुटिक अफ दि एयर फ्युजन क्रियशन, बुटिक अफ दि एयर पोखरा क्रिटिशा बुटिक घोषित हुँदै अवार्ड पाए ।

      सो अवार्ड समारोहमा बेष्ट फेशन इभेन्ट मिस गण्डकी भयो भने बेष्ट डेष्ड मेन अफ दि एयर पोखरा निकोशल गुरुङ, मोष्ट स्टाइलिश उमन अफ दि एयर पोखरा रतिका गुरुङ, मोष्ट स्टाइलिस मेन अफ दि एयर पोखरा विवेक गुरुङ, बेष्ट ब्राइडल वेयर घुम्टो बुटिक, बेष्ट लेहेगां चोली कल्पना बुढा मगर, बेष्ट सारी दि ग्याल्म, बेष्ट पार्टी वेयर सुदीप सुवेदी, इमर्जिङ डिजाइनर अफ दि एयर पोखरा दिक्षा थापा, इमर्जिङ बुटिक अफ दि एयर पोखरा अवार्ड पुनम मल्लज बुटिकलाई प्रदान गरियो ।

सोही कार्यक्रममा त्यस्तै, बेष्ट कलेक्शन अफ दि एयर शान्ति रोका मगर, बेष्ट इम्ब्रोइडरी अफ दि एयर नवीना गुरुङ, उमन्स वेयर डिजाइनर अफ दि एयर मनदेवी गुरुङलाई अवार्ड प्रदान गरियो । यस्तै बेष्ट फेशन फोटोग्राफर सुरज श्रेष्ठ, बेष्ट स्टाइलिस स्मिता शर्मा, बेष्ट उद्घोषण पुरुषतर्फ आयुष श्रेष्ठ, सञ्जु सुनार, महिलातर्फ निशा पन्थी र बेष्ट फेशन कोरियोग्राफर पोखरा सुरज थापालाई अवार्ड दिइयो ।

यस्तै पब्लिक च्वाईस पपुलर डिजाइनर अफ दि एयर पोखरा तुल्सी गुरुङ, पब्लिक च्वाईस पपुलर बुटिक अफ दि एयर पोखरा हेप्पी क्लोसेट बुटिक, इमर्जिङ मोडल अफ दि एयर पोखरा महिलातर्फ मनिषा केसी, पब्लिक च्वाईस पपुलर मोडल अफ दि एयर पोखरा महिलातर्फ जयन्ती मोक्तान, मोडल अफ दि एयर महिलातर्फ रमिका अर्याल, मोडल अफ दि एयर पोखरा पुरुषतर्फ विशाल गुरुङ र बेष्ट मेकअप आर्टिष्ट प्रशन्ना ठकुरीलाई यी अवार्ड प्रदान गरिएको छ । कार्यक्रम संयोजक रवीन गुरुङ र फेशन स्कुलकी तारा गुरुङले अवार्ड प्रदान गरेका थिए ।

विश्वका विकसित देशहरुमा हुने यस्तो फेशन अवार्ड नेपालमा भने पहिलो पटक आयोजना गरिएको हो । ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा कार्यक्रम गरिएको थियो ।