काठमाडौं उपत्यकाका सबै सिनेमा हलमा बक्स अफिस लागू


व्युटी न्युज नेपाल
काठमाडौं, २ साउन

काठमाडौं उपत्यकाका सिँगल र मल्टिप्लेक गरी २० स्थानका सिनेमा हलका ५७ ओटा पर्दा (हल)मा १ साउनबाट ‘इ टिकेटिङ’ अर्थात बक्स अफिस व्यबस्थापन प्रणाली लागू भएको ।

सरकारले १ साउनबाट काठमाडौं उपत्यकाका सिनेमा हलमा यो प्रणाली लागू गर्ने पूर्व घोषणा बमोजिम मँगलबारबाट बक्स अफिस व्यबस्थापन प्रणाली लागू गरेको हो । ‘सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (सिसिएमसी) मार्फत अब निर्माता, वितरकले आफ्नो फिल्मको व्यापारको हिसाव हेर्न सक्नेछन् ।

यहाँका ११ ओटा मल्टिप्लेक्स सिनेमा घर र ९ ओटा सिँगल (एकल) सिनेमा घर यो प्रणालीमा जोडिएको छन् । यी हलको टिकट बिक्रीसँख्य, यसको रकम अब बक्स अफिस व्यबस्थापन प्रणाली अन्तर्गत केन्द्रिय सरबर मार्फत सेन्टर डाटामा सँग्रहित हुन थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मँगलबार दिउँसो चलचित्र विकाश बोर्डमा बक्स अफिस ब्यबस्थापन प्रणालीको उद्घाटन गरे ।

उद्घाटन समारोहमै बक्स अफिसको केन्द्रिय तथ्याँक प्रणालीलाई सार्वजनिक गर्दै १ साउनको पहिलो र दोस्रो शामा विभिन्न सिनेमाले विभिन्न फिल्म हलमा गरेको व्यापार र कुल व्यापार रकम प्रस्तुत गरियो ।

मन्त्री बास्कोटाका अनुसार अब यो प्रणाली अनुसार कुन चलचित्रले कती व्यापार कुन हलमा गर्यो भन्ने तथ्याँक बक्स अफिसको डाटामा प्रस्ट देखिने छ । जसका कारण आफ्नो फिल्मले कुन हलमा कति व्यापार गर्यो भन्ने कुरामा निर्माताहरु नठगिने विश्वास पनि मन्त्री बास्कोटाले व्यक्त गरे ।
मन्त्री बास्कोटाका अनुसार यो बक्स अफिस प्रणालीमा आगामी माघसम्म मोफसलका सबै सिनेमा हलमा लागू हुनेछ ।

आफ्नो सिनेमाले कुन हलमा कती व्यापार गर्यो भनेर अब निर्माताहरुले सरबर मार्फत एक एक हिसाव हेर्न सक्नेछन् ।

यो बक्स अफिस प्रणाली सिँगल थिएटर तर्फ पृथ्वी चलचित्र मन्दिर बौद्ध, सिद्धार्थ सिनेमा बौद्ध, गोपीकृष्ण मूभिज् चाबहिल, अष्टनारायण पिक्चर्स बालाजु, गंगा चलचित्र मन्दिर बालाजु, कलंकी चलचित्र मन्दिर कलंकी, गुण सिनेमा ग्वार्को, बाराही मुभिज् प्रा.लि. सूर्यविनायक, विश्वज्योती सिनेमा भवन जमलमा पनि बक्स अफिस व्यबस्थापन प्रणाली जडानसँगै लागू गरिएको हो । यसरी सिँगल थिएटर तर्फ २९ ओटा पर्दा (हल)मा लागू भएको छ ।

बक्स अफस व्यबस्थापन प्रणाली लागू भएका मल्टिप्लेक्स सिनेमा हलहरुमा सेन्ट्रल सिनेमाज् सुन्धारा, सिने डि सेफ कम्पनी सुन्धारा, सिनेमार्क मुभिज दरबारमार्ग, जयनेपाल चित्रघर नक्साल, म्याक्स ईन्टरटेनमेन्ट बागबजार, सिने स्टार (बिग भूमिज) कमलपोखरी, कुमारी चित्र मन्दिर कमलपोखरी, के.एल.सिनेमा सिटी चुच्चेपाटी, सार्थक इन्टरटेनमेन्ट (बिएसआर) गोंगबु, लबिम् सिनेमाज् पुलचोक र छायाँ सिनेमाज् ठमेल रहेका छन् । यी मल्टिप्लेक्सका २७ ओटा पर्दा (हल) बक्स अफिस व्यबस्थापन प्रणालीमा जोडिएका छन् ।

मँगलबारबाट काठमाडौं उपत्यकाको सिँगल र मल्टिप्लेक्स गरी ५७ ओटा पर्दा (हल) इ टिकेटिङ पद्धती तथा बक्स अफिस प्रणालीमा जोडिएका छन् ।