२५ साउनबाट आउँदै चलचित्र टिनएज


व्युटी न्युज नेपाल
काठमाडौं २ साउन

चलचित्र टिनएज आगामी २५ साउनबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी सो बारे जानकारी गराईयो । कार्यक्रममा चलचित्र टिनएजका कलाकार तथा निर्माण यूनिटले चलचित्र र आ आफ्नो भूमिकाबारे प्रकाश पारे ।

चलचित्रलाई बिरु मगर, चिनीमाया वाइवा, देबिका खड्का, बुद्धिमान स्याङतान निर्मलले निर्माण गरेका हुन् ।
कार्यक्रममा यो चलचित्रका कलाकारहरु नरेश बिर सिंह, प्रतिक्षा खड्का, सरोज शाह, एन्जिला खड्गी, सरिता राजोउपाध्याय, अजय खड्का, माया मगरलगायतले चलचित्रमा आफ्नो अनुभवबारे बताएका थिए । संगीतकार बिकाश चौधरीले चलचित्रको संगीतबारे बताए ।

सो पत्रकार भेटघाट कार्यक्रममा बोल्दै टिनएजका निर्देशक दिनेश पाख्रिनले यो चलचित्र टिनएजहरुको बास्तबिक प्रेमकथामा आधारित रहेको बताए । निर्देशक पाख्रिनले आफ्नो चलचित्रमा अधिकांश नयाँ कलाकार भएपनि सबै कलाकारले राम्रो काम गरेका छन् भने । टिनएजरहरुलाई संस्कार सिकाउने चलचित्र बनेको पाख्रिनले जिकिर गरे । चलचित्र हेर्ने दर्शकलाई चलचित्र टिनएजले भरपुर मनोरञ्जन दिने उनले दाबी गरे ।