ब्युटी न्युज नेपाल
काठमाडौ‌ १ साउन

अभिनेत्री रेखा थापा हल्का माया के माया भन्दै छमछमी नाचेर दर्शकमाझ आएकी छन् । उनले मँगलबार राजधानीमा एक समारोहबीच आफ्नो नयाँ चलचित्र ‘मालिका’को पहिलो गीत ‘हल्का माया के माया…’को भिडियो सार्वजनिक गरेकी हुन् ।

यो गीतमा रेखाले जाजरकोटका स्थानीय एकसय जना भन्दाबढीलाई नचाएकी छिन् । उनीहरुसँगै रेखा स्वयम् पनि छमछमी नाचेका छन् । यो गीतको भिडियो जाजरकोट दरबार प्रङ्गनमा छायाँकन गरिएको हो । गीतलाई रेखाले देउडा भाकामा तयार गराएकी छिन्। गीतमा अन्जु पन्तको स्वर छ । जसमा सुरेश अधिकारीले संगीत दिएका हुन् । यसको शब्द नर कार्कीको हो ।

नेपालमा चाँडै रेल गुड्ने चर्चा चलिरहेको बेला रेखाको यो गीतमा रेल चढेर धरानबाट धनगढी पुगेको प्रसँग उठाईएको छ । गीतमा देश विकाशको कुरा पनि गरिएको छ ।

चलचित्र मालिकालाई किशोरी मनोविज्ञानमा आधारित भनिएको छ । चलचित्र मालिकाको मुख्य पात्रमा रेखा थापासँगै जाजरकोटकी कमला ओली छिन् ।

रेखा थापा र नर कार्कीको कथा यसमा रहेको छ । यो चलचित्रमा शिवम् अधिकारीले पटकथा सम्बाद लेखेका हुन् । यसका निर्माता पनि नर कार्की र रेखा थापा हुन् ।