युनिताले दुबईमा चुमिन मिस वल्र्ड डाइभर्सिटीको ताज


व्युटी न्युज नेपाल
काठमाडौं, १ साउन

नेपाली मोडल युनिता खत्रीले ‘दोस्रो मिस वल्र्ड डाइभर्सिटी–२०१८’को उपाधि चुमेकी छिन् । दुवईको वर्ग स्थित अरेबिया पार्क होटेलमा दुई दिन अघि आयोजना भएको ‘मिस वल्र्ड डाइभर्सिटी–२०१८’मा नेपालको प्रतिनिधित्व गरेकी युनिता खत्रीले सबैलाई जितेर सो उपाधी चुमेकी हुन् ।

प्रतियोगितामा युनिताले मिस वल्र्ड डाइभर्सिटी सहित बेस्ट डान्सको समेत उपाधि पनि जितिन् । यस्तै भारतकी प्रतियोगी फस्ट रनरअप भएकी थिइन् ।

युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’मा ‘मिस वल्र्ड’ शिर्षक अन्तर्गतको उपाधि जितेपछि उनलाई ‘दोस्रो मिस वल्र्ड डाइभर्सिटी–२०१८’ प्रतियोगीको रुपमा दुबई पठाईएको हो ।

यो उपाधिले देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने यो महत्वपुर्ण अवसर मिलेको उनले बताएकी छिन् । उपाधिप्रति उनले खुसी व्यक्त गरेकी छिन् ।