झमकबहादुरको ट्रेलरमा सुन तस्करीको कथा


व्युटी न्युज नेपाल
काठमाडौं, १ साउन

चलचित्र ‘झमक बहादुर’ को ट्रेलर रिलिज गरिएको छ । यस अघि यो चलचित्रको टिजर रिलिज गरिएको थियो । बलिउडका अभिनेता कमल हासनको फिल्म ‘मुम्बई एक्सप्रेस’ को कथा चोरी गरेको आरोप लागेकोमा यो फिल्मका निर्देशकले त्यो कुराको खण्डन गरेका छन् ।

फिल्मको कथा भित्र अभिनेता अनुप बिक्रम शाहीले मुम्बई एक्प्रेस हेरेर सोही तरिकाले चोरी गरेको दृष्य सिनेमामा समेटिएकाले ट्रेलर हेर्दा उस्तै लागेको निर्देशक भोमन कटुवालले बताएका छन् । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको उनले प्रष्ट पारेका छन् ।

३३ किलो सुन तस्करीको चर्चा अहिले नसेलाएको अबस्थामा यो चलचित्रको ट्रेलरमा पनि सुन तस्किरीलाई महत्व दिईएको छ । चलचित्र हास्यप्रधान छ । यो फिल्ममा अभिनेता अनुपलाई सुन्न नसक्ने पात्रको रुपमा प्रस्तुत गरिएको छ ।

यो चलचित्रको प्रदर्शन १८ साउनबाट देशव्यापी रुपमा हुँदैछ । झमक बहादुरमा अनुप विक्रम शाही, सुजाता थापा, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारीलगायतको अभिनय छ ।

चलचित्रमा ओम सुनारको संगीत, राजु किरात राईको द्वन्द्व निर्देशन, पवन गौतमको छायांकन रहेको छ । यसका निर्मातामा मिनकुमार तामाङ, सहनिर्मातामा कोपिला कुमारी डल्लाकोटी छन् ।