एक साथ दुई गीत आयो साली कस्को भेनाको


व्युटी न्युज नेपाल
काठमाडौं, ३२ असार

आगामी २९ भदौबाट प्रदर्शनमा आउने चलचित्र ‘साली कस्को भेनाको’ सोमबार राजधानीमा एक समारोहबीच दुई ओटा गीत साली कस्को भेनाको…र विहानीको सीत बनी…को भिडियो सार्वजनिक गरियो ।

चलचित्रको शिर्ष गीत साली कस्को भेनाको… लोक शैलीमा छ । यस्तै अर्को गीत बिहानीको सीत बनी…रोमान्टिक गीत रोमान्टिक छ । दुबैको भिडियो सोमबार सार्वजनिक गरिएको हो । लोक गीतमा गीतमा निर्माता प्रसाद श्रेष्ठ आफैंले र अर्को गीतमा सुरज शाही ठकुरीले संगीत दिएका छन् ।

ग्रामिण परिवेशको कथामा निर्माण गरिएको यो चलचित्र हास्य प्रधान भएको यसका कलाकारहरुले गीत सार्वजनिक समारोहमा बताए । फिल्मलाई मगर समुदायको जीवनशैलीमा उतारिएको छ ।

साली कस्को भेनाकोमा विल्सन बिक्रम राई, बुद्धी तामाङ, रजनी गुरुङ, मरिष्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, रबि गिरी, बीरेन श्रेष्ठ, प्रिया रिजाल, पुष्प आचार्य, देव सागर, बलबहादुर गुरुङ सहितको अभिनय छ ।
दीर्घ गुरुङको छायाँकन रहेको यो चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका हुन् ।

कान्छी, सन्तान, कर्जा जस्ता एक समयको सफल चलचित्रका निर्माता प्रसाद श्रेष्ठ फेरी चलचित्र निर्माणमा फर्किएका छन् । उनले निर्माण गरेको चलचित्र ‘साली कस्को भेनाको’ निर्माण गरेका हुन् । पहिलाको भन्दा अहिले फिल्म बनाउन निकै सजिलो भएको र बजार पनि राम्रो भएकाले फिल्म निर्माणमा आएको प्रसादले बताए ।

जसमा प्रसादसँगै गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई, मुक्ति अधिकारी, रामप्रसाद श्रेष्ठको लगानी छ ।