नेपाली चार बालबालिकालाई अन्तराष्ट्रिय सौन्दर्य अवार्ड


व्युटी न्युज नेपाल
काठमाडौं, ३२ असार

यसै साता थाईल्याण्डको बैंककमा सम्पन्न बालबालिकाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एशिया प्यासिफिक प्रिन्स एन्ड प्रिन्सेस–२०१८’मा एशियाका ३५ देशका बालबालिकालाईपछि पार्दै नेपाली बालक युनिक पराजुलीले ‘एशिया प्यासिफिक जुनियर प्रिन्स–२०१८’को उपाधि जितेका छन् । राजर्षी स्कुल काठमाडौं कक्षा ४ का युनिकले गत वर्ष नेपालमा सम्पन्न लिटिल प्रिन्स एन्ड प्रिन्सेसमा प्रिन्सको उपाधि जितेका थिए । यही प्रतियोगितामा सिनियर प्रिन्स तर्फ १३ वर्षीय प्रनिश खड्काले सेकेन्ड रनरअपको उपाधि पाए ।

काठमाडौंमा इभेन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१८ मा उनी सिनियर तर्फका बिजेता बनेका थिए ।

गत साता थाईल्याण्डको फुकेटमा ६ जुलाईमा सम्पन्न अर्को अन्तराष्ट्रिय बालबालिकाहरुको प्रतियोगिता ‘इन्टरनेशनल किड्स अफ द इयर–२०१८’ मा सिनियर तर्फ पलिस्ता महर्जन पनि सेकेन्ड रनरअप भईन् । ११ वर्षीया पलिस्ता लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१८मा सिनियरतर्फकी बिजेता हुन् ।

यस्तै ‘इन्टरनेशनल किड्स अफ द इयर–२०१८’ मा ग्यालेक्सी स्कुल ज्ञानेश्वर, काठमाडौंकी कक्षा ३ की ८ वर्षिया बालिका रिब्या तण्डुकारले सेकेन्ड रनर अपको उपाधि हाँसिल गरिन्े । पेन्टिङ र खेलकुदमा रुची राख्ने रिब्यले अवार्ड पाउँदा खुसी लागेको बताएकी छिन् ।

इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डकारले आफ्नो कार्यक्रम लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१८बाट बाल प्रतिभाका रुपमा आएका यी बालबालिकाले अन्तराष्ट्रिय क्षेत्रमा पनि अवार्ड जितेर नेपालको नाम राख्नु खुुसीको कुरा भएको बताए । अवार्ड सकेर चार दिन अघि नेपाल फर्किएका यी कलाकार तथा आयोजकले बल्ल कार्यक्रम गरेका हुन् ।