व्युटी न्युज नेपाल
काठमाडौं ३२ असार

चलचित्रको प्रचार विभिन्न स्थानमा गरिँदै आएको छ । यसै क्रममा काठमाडौंको पर्यटकिय स्थल चन्द्रागिरी हिल्स पुगेर रोमियो एण्ड मुना टिमले प्रचार प्रसार गरेको छ ।

यो चलचित्रका रोमियो अर्थात विनय श्रेष्ठ र मुना अर्थात सृष्टि श्रेष्ठले शनिबार चन्द्रागिरी हिल्स पुगी चलचित्रको प्रचार गरेका हुन् ।

रोमियो एण्ड मुना टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो । त्यहाँपुगेर टिमले प्रेस मिट गर्दै ११ साउनमा रोमियो एण्ड मुना हेर्न आग्रह गरेको थियो । प्रदर्शन मिति नजिकिएसँगै टिमले फिल्मको प्रचारलाई तिव्रता दिने योजना बनाएको निर्माता गोपाली बताए ।

विनय  र सृष्टिले आफ्नो लागि रोमियो एण्ड मुना विशेष रहेको बताए । त्यहाँदर्शकहरुले दर्शकसँग फिल्मबारे अन्र्तक्रिया पनि गरे ।

डाइङ क्यान्डलबाट प्रशंसा पाएका निर्देशक केसीले रोमियो एण्डमुना पनि मेहनेतसँग बनाएको बताए । पहिलो पटक फिल्म बनाएका निर्माता गोपालीले फिल्मले दर्शकलाई हलमा आकर्षण गर्ने विश्वास व्यक्त गरे ।

प्रचारमा विनय र सृष्टिको साथमा निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपाली पनि थिए । उनीहरुलाई त्यहाँका मेयर घनश्याम गिरीले स्वागत गरे । मेयर गिरीले चन्द्रागिरी नेपाली फिल्मको प्रचार गर्ने गतिलो स्थल बन्न सक्ने बताए । उनले चाँडै नै चन्द्रागिरीमा फिल्म हल बनाइने समेत बताए ।