करण र पूर्णले सामाखुशीमा खोले लेकाली स्टुडियो


व्युटी न्युज नेपाल
काठमाडौं, ३२ असार

कलाकार करण थापा र पूर्ण बुढामगरले राजधानीको सामाखुशीमा लेकाली रेकर्डिङ स्टुडियो संचालनमा ल्याएका छन् । आइतबार लोकगायक राजु परियार, कानून ब्यबसायी सुरज भुसाल र संचालक पूर्ण बुढाले यो स्टुडियो र करण फिल्मस् प्रोडक्सनको संयुक्त उद्घाटन गरे ।

कार्यक्रममा करण फिल्मस्का प्रमुख करण थापाले फिल्म कम्पनी तथा रेकर्डिङ स्टुडियोमार्फत आफूहरु गुणस्तरिय सृजना पस्कने प्रयत्नमा रहेको बताए ।

त्यसैगरी, कानून ब्यबसायी भुसालले नेपाली गीतसंगीत तथा चलचित्र क्षेत्रमा नयाँ खुलेको स्टुडियो र फिल्म प्रोडक्शन कम्पनीले टेवा पुर्याउने बिश्वास ब्यक्त गरे ।

यस्तै गायक परियारले स्टुडियोको नाममै नेपाली मौलिकता रहेको इंगीत गर्दै यसबाट गुणस्तरिय गीतसंगीत उत्पादन हुने बिश्वास ब्यक्त गरे ।