व्युटी न्युज नेपाल
काठमाडौं, ३२ असार

आगामी २५ साउनबाट हास्यप्रधान चलचित्र ‘पिरिम पर्या छन्’ देशव्यापी रिलिज हुने भएको छ । यसैबीच यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ ।

यो चलचित्रको करिब दुई मिनट लामो ट्रेलरले नै दर्शकलाई हसाउन सफल भएको छ । यसरी ट्रेलरले नै दर्शकलाई हसाउने यो चलचित्र पूर्ण हास्यप्रधान रहेको छ ।

पिरेम पर्या छन्मा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा, सुरवीर पण्डित लगायतका कलाकार छन् । यी सबै ट्रेलरमा समेटिएका छन् ।

https://www.youtube.com/watch?v=K9r8GVad77A

यो चलचित्रलाई पुरन थापाले निर्देशन गरेका हुन् । आफुले यो चलचित्र गाउँले परिवेशको कथामा निर्माण गरेको पनि निर्देशक पुरनले जानकारी गराए । यसका लेखक पनि पुरन नै हुन् ।

हास्य कलाकारका रुपमा चर्चा कमाएका पुरनले आफु हास्य कलाकार भएकाले पनि हास्यप्रधान चलचित्र निर्माण गरेको बताएका छन् ।

यो चलचित्रमा बिमल ढकालको छायाँकन, बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व निर्देशन छ । यो चलचित्रलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्ने छन् ।