प्रियँका र आयुष्मानको टिकाटालो, आफु अब जोशी बन्ने प्रियँकाको घोषणा


व्युटी न्युज नेपाल
काठमाडौं, ३१ असार
चर्चित अभिनेत्री प्रियँका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आफ्नो डेढ वर्ष पुरानो प्रेमलाई साकार पार्दै अबसँगै एक हुने भन्दै विवाहको लागि टिकाटालो (इँगेजमेन्ट) गरेका छन् ।

प्रियँका र आयुष्मानको परिवारले यी दुईको शनिबार टिकाटालो गरेका हुन् । टिकाटालोको तस्बिर फेसबुक मार्फत सार्वजनिक गर्दैै अभिनेत्री प्रियँकाले फेसबुकमा लेखेकी छिन्,‘यो विल्कुलै खुसी र आनन्दको क्षण रहेको छ, हामीसँधै भरीको लागि एक हुने प्रतिज्ञाको घोषणा गर्दछौं ।

प्रियँकाले आफ्नो पछाडीको नाम अर्थात थर पनि अब परिवर्तन गरेको घोषणा गरेकी छिन् । उनकी हुनेवाला सासु एवम् बैंकर रविना देशराज जोशीले एउटा तस्बिर फेसबुकमा सार्वजनिक गर्दै प्रियँका कार्कीलाई प्रियँका जोशी लेखेकी छिन् ।

प्रियँका र आयुष्मानले विवाहको लागि टिकाटालो गरे पनि आफुहरु कहिले विवाह गर्ने भनेर मिति घोषणा गरेका छैनन् ।