नेपालबाट मिस वल्र्ड डाइभर्सिटी २०१८ मा युनिता


व्युटी न्यज नेपाल
काठमाडौं, २९ असार
मिस वल्र्ड डाइभर्सिटीमा नेपालको तर्फबाट युनिता खत्री सहभागी हुने भएकी छिन् ।

दुबईको वर्ग स्थित अरेबिया पार्क होटेलमा जुमिङ इभेन्टद्धारा आयोजित यो प्रतियोगितामा विश्वका ५० राष्ट्रबाट सहभागिता जनाईने छ । यो प्रतियोगिता मिस वल्र्ड डाइभर्सिटीको दोस्रो संस्करण हो ।

युनिता यस अघि मिस ई–कलेजमा सेकेन्ड रनर अप भएकी थिइन भने मिस राजधानीकी बिजेता हुन् । उनी मिस राजधानीबाटै मिस वल्र्ड डाइभर्सिटीका लागि जान लागेकी हुन् ।

अन्तष्ट्रिय मञ्चमा आफ्नो पहिलो पाइलालाई प्रतिभा देखाउने अवसरले लिएको उनी भन्छिन् ‘यदि मिस वल्र्ड डाइभर्सिटीको ताज हात लागे म खुशी हुनेछु, सायद रुन्छु पनि होला । किनकि आँसु सुख र दुखको साथी हो ।’ आफ्नो देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनका यो प्रतियोगिताबाट गर्ने उनले बताईन् ।

प्रतिस्पर्धामा जीत र हार त छँदैछ, अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाउनु नै सौभाग्यको कुरा भएको उनले बताईन ।  युनिताको अनुसार यस इभेन्टमा संस्कृति, प्रतिभा, र्याम वाकसमेत विभिन्न चार शीर्षकमा प्रतियोगिता हुनेछ ।